Home / News / प्रवास / अध्यक्ष घलेद्वारा परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग छलफल

अध्यक्ष घलेद्वारा परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले नेतृत्वको टोली नवगठित सरकारका मन्त्रीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । अध्यक्ष घलेले गैरआवासीय नेपाली संघका गतिविधि र मुद्दाबारे जानकारी गराएका हुन् । अध्यक्ष घलेको नेतृत्वमा गएको टोलीले ११ जुन, आइतबार उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटघाट गरेको छ । टोलीले विदेशका कतिपय मुलुकमा कन्सुलेट सेवा उपलब्ध नभएको भन्दै ध्यानाकर्षण गराए । साथै, नेपालको संविधान २०७२ मा सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएको र सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको व्याख्या अन्य नेपाली नागरिकसरह हुनुपर्ने व्यवस्थाअनुरुप कानुन निर्माणमा आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।

टोलीले गृहमन्त्री जनार्दन शर्मासँग समेत भेट गरेको छ । अध्यक्ष घलेले लाप्राक नमूना बस्ती परियोजनाका गतिविधि र स्वयम्सेवक परिचालनबारे जानकारी गराउँदै परियोजनास्थलमा सुरक्षाचौकी स्थापनाका लागि आग्रह गरेका छन् । संघका तर्फबाट अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा, सल्लाहकार बरलोक गुरुङ र सचिवालयका कार्यकारी निर्देशक राजेश शमशेर राणासमेतको सहभागिता थियो ।

Check Also

एनआरएनए आइसिसी अध्यक्ष घलेद्धारा महासचिव केसीले काटेको पत्रलाई अमान्य घोषित

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचान सम्वन्धी बढ्दो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *