Home / News / प्रवास / द होप लोकार्पण

द होप लोकार्पण

अस्टिन, टेक्सास । प्रख्यात टेलिभिजन पत्रकार किरण मरहठ्ठाद्वारा लिखित पुस्तक ‘द होप’को आइतबार टेक्सासको अस्टिनमा लोकार्पण गरियो । प्रमुख अतिथि, समाजसेवी एवं हेमसरिता पाठक फाउन्डेसनका अध्यक्ष हेम पाठकले पुस्तकको लोकार्पण गर्नु भएको थियो । ‘द होप नेपाली समाजमा आशाको दियो बनेर आएको छ,’ पाठकले भने, ‘यो एक पत्रकारले समाजका विभिन्न क्षेत्रका व्यक्ति र बिषयको गहिरो अध्ययान पश्चात लेखीएको कृती हो ।’ पाठकले पत्रकार मरहठ्ठालाइ गैर आवासिय नेपालीको बारेमा सबैभन्दा जानकार पत्रकारको संज्ञा पनि दिए ।

ग्रेटर अश्टिन नेपाली समाज, अश्टिनको आयोजनामा भएको कार्यक्रममा फिल्मकर्मी एवम् वरिष्ठ टेलिभिजन प्रस्तोता नारायण पुरीले पुस्तकको समीक्षा गर्दै ‘द होप’ पत्रकारितामा नवप्रवेशीहरुको लागि मार्गदर्शक भएको बताए । ‘किरण मरहठ्ठा सामाजिक उत्तरदायीत्व सहितको पत्रकारितामा खरो उत्रिएको पत्रकार हो, नेपालको टेलिभिजन अन्तरवार्ता शैली निर्माणमा उनको विशेष योगदान छ,’ पुरीले भने । विश्वसन्देश साप्ताहिकका सम्पादक सुरज भण्डारीले लेखक मरहठ्ठाको व्यक्तित्व र पत्रकारिता यात्राको समीक्षा गरेका थिए । टेक्सासका विभिन्न क्षेत्रका अगुवा व्यक्तित्वहरु उपस्थित कार्यक्रममा नारी साप्ताहिकका सहसम्पादक झरना नहर्कीले पत्रकार मरहठ्ठाको कलम नेपाली समाजको ऐना हो भन्दै द होप पत्रकारिता जगतमा एक उत्कृष्ट कृति भएको बताएका थिए । पत्रकार रविन पियाले द होपलाई खारिएको पत्रकारको परिपक्व कर्म भनेर टिप्पणी गरेका थिए ।

ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष देवराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ लेखक मोहन सिटौला र राजेश्वर निरौलाले पनि मन्तव्य राखेका थिए भने लेखक मरहठ्ठाले पुस्तकमा समावेश विषयवस्तुका बारेमा जानकारी दिएका थिए । नेपालको आर्थिक, समाजिक, राजनीतिक तथा आध्यात्मिक क्षेत्रका करिब २५ जना अगुवाहरुको विचार समेटिएको द होपमा तत्कालिक परिस्थितिको चित्रणका साथै नेपालको अर्थराजनीतिक पाटोको विश्लेषण गरिएको छ । २ सय २० पेजको सो पुस्तक डिकुरा पब्लिकेशनले बजारमा ल्याएको हो ।

Check Also

यसरी जोडिन सक्छ अमेरिकी डायस्पोरा

गैरआवासीय नेपाली संघ, अमेरिकाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनको निर्वाचन मिति सार्वजनिक भएसँगै नेपाली …

Leave a Reply

Your email address will not be published. Required fields are marked *