Home / News / पत्रपत्रीकाबाट / असार ४ गते बिहान, दिउँसो र बेलुका देउवा बालुवाटार सर्ने, यस्तो छ कारण

असार ४ गते बिहान, दिउँसो र बेलुका देउवा बालुवाटार सर्ने, यस्तो छ कारण

असार १ । ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन् ।

उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ । ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विध्नबाधा आउने सुझाएपछि उनी बूढानीलकण्ठमै अड्किएका हुन् । वरिष्ठ जयोतिषी अंगीरस न्यौपानेले देउवालाई ३ गतेपछिमात्र निवास सर्न सुझाएका छन् ।

‘उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहूर्त थियो, अब असार ४ वा ५ गतेमात्र शुभ मुहूर्त छ,’ न्यौपानेले भने, ‘४ गते बिहान, दिउँसो र बेलुका शुभ साइत देखिन्छ ।’ बिहान सर्दा पूजापाठ, रुद्री, स्वस्तिवाचन गर्दा उत्तम हुनेछ भने साँझ सर्दा स्वस्ति वाचन गरे पुग्ने उनको सल्लाह छ ।

‘देउवाको कुण्डलीमा बृहस्पति भाग्य स्थानमा भएपनि आगामी असार ३ गतेसम्म राहु अष्ठम पदमै रहन्छ । अष्टम पदमा राहु बस्नु भनेको शत्रु पक्ष बलियो हुनु हो,’ न्यौपानेले भने, ‘शत्रु बलियो हुँदाहुँदै पनि देउवाज्यू प्रधानमन्त्री बन्नु त भएको छ तर असार ३ गतेसम्म जति काम गरे पनि उहाँले जस पाउने देखिन्न ।’ त्यसपछि भने देउवा शक्तिशाली हुने न्यौपानेले दाबी गरे । नागरिकमा खबर छ ।

Check Also

यातायात विभागको डाटा उच्च जोखिममा

साउन १०। यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेइकल रजिस्ट्रेसन सिस्टक भिआरएसको सफ्टवेयर एक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *