Home / News / समाचार / पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

असार २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु १.५० घटाइएको बताए । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय बनाइएको छ । हाल पेट्रोलको मूल्य रु १०१.५० रहेको थियो ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि रु १.५० पैसाले घटेर रु ७६ रुपैयाँ कायम भएको छ । हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ७७.५० छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएको छ ।

Check Also

प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौमा

साउन ११ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *