Home / News / अन्तर्राष्ट्रिय / बिशाल बर्षका कारण नाइजरमा १४ र आइभरी कोष्टमा ११ जनाको मृत्य

बिशाल बर्षका कारण नाइजरमा १४ र आइभरी कोष्टमा ११ जनाको मृत्य

असार २ । विशाल बर्षाका कारण पश्चिम अफ्रिकी मुलुक नाइजरमा १४ जना र आइभरी कोष्टमा ११ जनाको मृत्यु भएको शुक्रबार संयुक्त राष्ट्रसङ्घले दुवै मुलुकका स्थानीय अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

लामो खडेरी पश्चात केही दिन यता भएको बर्षाका कारण दुवै मुलुकका विभिन्न स्थानमा बाढी तथा पहिरो गएको र हजारौ विस्तापित भएका बताइएको छ ।

अविरल बर्षाका कारण नाइजरमा मात्र करिब ३५० घरहरू भत्किएका र १४ जनाको मृत्य भएको हो संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोग मामिला हेर्ने कार्यालय (ओसिएचए) ले जनाएको छ । बाढीमा परी र अन्य चार जना वेपत्ता भएका छन् भने करिब तीन हजार मानिस विस्तापित भएका ओसिएचएले जनाएको छ । नाइजरमा गत हप्ता पनि बर्षाका कारण नौ जना बालबालिकाको मृत्यु भएको थियो ।

त्यसैगरी आइभरीकोष्टको आर्थिक राजधानी आविजानमा करिब तीन चार दिनको अन्तरालमा ११ जनाको मृत्यु भएको छ । बर्षाका कारण यहाँ सयौं मानिस प्रभावित बनेका छन् ।

सेनाको विपद् व्यबस्थापन इकाईका भाइटल ओलाईले भने– ‘आविजानमा करिब तीन चार दिनको अन्तरालमा बर्षाका कारण ११ जनाको मृत्यु भएको छ भने बाढीबाट सयौं मानिस प्रभावित बनेका छन् ।’

पश्चिम अफ्रिकामा सामन्यतया जुनदेखि सेप्टेम्बरसम्मको समयलाई बर्षा ऋतुका रूपमा लिइन्छ । सन् २०१६ को सो समयमा बर्षाका कारण आविजानमा जम्मा १६ जनाको मृत्यु भएको थियो भने सन् २०१५ मा ३९ व्यक्तिको मृत्यु भएको थियो ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *