Home / News / पत्रपत्रीकाबाट / जनप्रतिनिधिको रटान–हामीलाई तालिम होइन गाडी चाहियो

जनप्रतिनिधिको रटान–हामीलाई तालिम होइन गाडी चाहियो

असार ३ । निर्वाचित जनप्रतिनिधिलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालन गर्ने तरिका र नियम कानूनबारे जानकारी गराउन पोखरामा ३ दिनसम्म अभिमुखीकरण आयोजना गर्यो । तर, जनप्रतिनिधिले भने तीनै दिन एउटै रटान लगाए – हामीलाई सुविधा चाहिन्छ ।’ उनीहरुले भनेको त्यो सुविधा हो, गाडी ।

‘गाडी पनि फोर ह्विल चाहिन्छ,’ पुतलीबजार नगरपालिकाकी मेयर सीमा क्षेत्रीले भनिन्, ‘जनताको काम गर्ने हो भने सुविधा पनि चाहिन्छ ।’ उनले वडा–वडा र टोल–टोलमा पुग्ने गतिलो सडक नभएकाले फोर ह्विल गाडी नै चाहिने माग गरिन् ।
पर्वतको महाशीला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले गाडी नभए कर्मचारी र इन्जिनियरहरु पनि गाउँटोलमा पुग्न नसक्ने बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Check Also

गोर्खाल्यान्ड आन्दोलनः जीटीए खारेज हुने

असार ७। पश्चिम बंगालको दार्जीलिङ विकासका लागि दिइएको स्वायत्तता गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) खारेज गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *