Home / News / समाचार / देउवाकै आलोचना यसरी गरे रामचन्द्र पौडेलले

देउवाकै आलोचना यसरी गरे रामचन्द्र पौडेलले

 

असार ३ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सार्नु अनुपयुक्त भएको बताएका छन् ।
नेता पौडेल तनहुँको क्षेत्र नं २ द्वारा आज दमौलीमा आयोजित निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

सरकारले प्रदेश नं २ को निर्वाचन असोज २ गते सार्न गरेको निर्णयप्रति इङ्गित गर्दै नेता पौडेलले भने– ‘राजपाले धोका दिएको भए यसबारेमा समीक्षा हुनुपथ्र्यो ।’

तराईका जनतालाई स्थानीय तहको निर्वाचनका बारेमा बुझाउन जरुरी भएको बताउँदै नेता पौडेलले भने– ‘त्यस क्षेत्रका नेताहरुले स्थानीय तहको निर्वाचनबाट हुने फाइदाका बारेमा राम्रोसँग बुझाउन आवश्यक छ ।’

पहिलो चरणको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले गुरुयोजना बनाई काम गर्नुपर्ने सुझाव पनि उनले दिए । ‘पहिलो चरणको निर्वाचनमा काँग्रेस दोस्रो स्थानमा रहन पुगेकाले अब हुने दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्छ । यसका लागि तल्लो तहबाटै काँग्रेसलाई दबाब दिनुपर्छ, जय जयकार गरेर मात्रै हुँदैन ।’

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *