Home / News / समाचार / इलाम पुगेर नेम्वाङले भने– ‘निर्वाचनमा सबै सहभागी बनौँ’

इलाम पुगेर नेम्वाङले भने– ‘निर्वाचनमा सबै सहभागी बनौँ’

असार ३ । नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले राजनीतिक स्थायित्व र समृद्धिका लागि निर्वाचनमात्र विधिसम्मत आधार भएकाले निर्वाचनमा सबैलाई सहभागी बन्न आग्रह गरे । उनले वर्तमान राजनीतिक अस्थिरता अन्त्यका लागि निर्वाचन अपरिहार्य भएको बताए ।
आज इलामको चुलाचुली गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका नेता नेम्वाङले तर निर्वाचनको वातावरण सहज बनाउन सरकार असफल भएको समेत टिप्पणी गरे । उनले स्थानीय तहको निर्वाचन पटक पटक सारिँदा जनतामा अन्योल भएको बताए । उनले स्थानीय तहको निर्वाचनमार्फत जनताले आफ्नो अधिकार स्थापित गर्नुपर्नेमा जोड दिए । सो सभालाई एमाले इलामका अध्यक्ष राम राना, प्रचार विभाग प्रमुख नवराज शङ्करलगायतले सम्बोधन गरे ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *