Home / News / पत्रपत्रीकाबाट / मधेशी मतदाताको चाहना, आन्दोलन हैन चुनाव

मधेशी मतदाताको चाहना, आन्दोलन हैन चुनाव

असार ४ । मधेश मुद्दालाई लिएर शहरमा आन्दोलनबारे चर्चा भइरहँदा नेपालगञ्जदेखि करिब १५ किलोमिटर दक्षिणपूर्वको डुडुवा गाउँपालिकामा भने चुनावी चासो तीव्र छ । मधेशी समुदायको बाहुल्यता रहेको डुडुवामा पुग्दा स्थानिय भन्दै थिए ‘हामीलाई आन्दोलन हैन चुनाव चाहियो ।’

घर नजिकै खेतमा भेटिएका पर्शुराम मौर्य र आपंगता भएका तुलसीराम मौयले निर्वाचनमा ढिलासुस्ती हुँदा पीडामाथी पिडा थपिएको बताए । चुनाव नहुँदा वडासचिवले अपांगता भक्ता नदिएको गुनासो गरे तुलसीरामले ।

मधेशी मतदाताले असारे चटारोलाई भन्दा पनि चुनावप्रति बढी चासो देखाएको नागरिक दैनिकमा खबर छ ।
राजपाको आन्दोलनका कारण पटक–पटक निर्वाचन स्थगित गरिएकोप्रति उनीहरु आक्रोसित देखिन्छन् । आन्दोलन गरेर भाँजो हाल्नुभन्दा चुनावमा सहभागी भएर उपलब्धि रक्षा गर्नेतिर लाग्नुपर्ने उनीहरुको भनाई छ ।

Check Also

७७ कि ७५ जिल्ला ? आयोग नै अन्योलमा

साउन ११। सरकारले २१ दिनको समय दिएर गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *