Home / News / समाचार / तीन प्रदेशको निर्वाचन प्रक्रिया आजबाट सुरु

तीन प्रदेशको निर्वाचन प्रक्रिया आजबाट सुरु

असार ४ । प्रदेश नम्बर दुईको निर्वाचन स्थगन भए पनि बाँकी १, ५ र ७ को भने चुनावी प्रक्रिया सुरु भएको छ । दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि आजबाट उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको जानकारी दिएको छ । सम्बन्धीत स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउन सकिने छ ।

१, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते चुनाव हुनेछ । १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोस्रो चरणमा असार १४ गते चुनाव हुन लागेको हो ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *