Home / News / समाचार / बाणगङ्गा नगरपालिकामा बम विस्फोट, आठजना घाइते

बाणगङ्गा नगरपालिकामा बम विस्फोट, आठजना घाइते

असार ४ । बाणगङ्गा नगरपालिकामा आज बम विस्फोट हुँदा आठजना घाइते भएका छन् ।

बाणगङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको हो । बम विस्फोटबाट बाणगङ्गा–५ मटेरियाका ३८ वर्षीय लालबहादुर थारू र सोही ठाउँका ४५ वर्षीय शेषराम गुप्ता गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरक्षीक राजु कार्कीले जानकारी दिए । दुवै जनालाई उपचारका लागि बुटवल अस्पताल पठाइएको छ ।

अन्य घाइतेमा बाणगङ्गा–५ का बेझे थारू, विजय थारू, कमलेशप्रसाद लोनिया, बाणगङ्गा–९ का रुपलाल गुरुङ, उनकी श्रीमती सुशीला गुरुङ र सात महिनाकी छोरी मिनाक्षी रहेका छन् । बम कसले विस्फोट गराएको भन्ने बारेमा यकिन हुन सकेको छैन । नेकपा (एमाले)ले मनोनयन दर्ता गरेर फर्किएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुतm गठबन्धनले मनोनयन दर्ता गर्ने क्रममा सो बम विस्फोट भएको हो ।

विस्फोट विप्लव माओवादीले गराएको आशंका गरिएको छ । रातो टालोसहितको साइकललाई एक अपरिचित व्यक्तिले भीड नजिकै छाडेर गएको केही क्षणमै विस्फोट भएको बताइएको छ ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *