Home / News / समाचार / झापामा यस्तो छ चुनावको गणित, ७२३ जनप्रतिनिधि छानिँदै

झापामा यस्तो छ चुनावको गणित, ७२३ जनप्रतिनिधि छानिँदै

असार ४ । यस जिल्लामा चुनावी माहोल तातेको छ । राजनीतिक दलहरु यतिबेला भोट माग्न घरदैलोमा व्यस्त छन् । कतै बाजागाजा त कहीँ रागाँगाडामा चढेर उम्मेदवार भोट माग्दैछन् ।

स्थानीय तहको निर्वाचनमा झापा जिल्लाबाट ७२३ जना जनप्रतिनिधि निर्वाचित हुन लागेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यका अनुसार १५ स्थानीय तह रहेको झापामा सबैभन्दा बढी मेचीनगर नगरपालिकाबाट ८० जना जनप्रतिनिधि छानिने छन् ।

त्यस्तै, शिवसताक्षीबाट ६०, कनकाई ५०, भद्रपुर ५०, दमक ५५, विर्तामोड ५५, अर्जुनधारा ६०, गौरादह नगरपालिकाबाट ५५ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन् ।

त्यस्तै, कमल गाउँपालिकामा ३९, कचनकवल ३९, झापा ३९, हल्दिवारी २९, गौरीगञ्ज ३४, बुद्धशान्ति ३९ र बाह्रदशी गाउँपालिकामा ३९ जना जनप्रतिनिधि छानिने छन् । प्रत्येक नगरपालिका र गाउँपालिकाबाट एक÷एक जना प्रमुख तथा उपप्रमुख, प्रत्येक वडाबाट एक वडा अध्यक्ष र कम्तीमा दुई महिला सदस्यसहित पाँचजना सदस्य निर्वाचित हुनेछन् । निर्वाचनपछि हुने गाउँसभा र नगरसभाले थप जनप्रतिनिधि चुन्नुपर्ने व्यवस्था रहेको छ ।

झापाको कुल मतदाता सङ्ख्या पाँच लाख १० हजार २१६ रहेकामा पुरुषको सङ्ख्या दुई लाख ५३ हजार ४१५ र महिला दुई लाख ५६ हजार ७९८ रहेको छ । झापामा पुरुष मतदाताभन्दा महिला मतदाता तीन हजार ३८३ ले बढी छन् । झापाको मेचीनगर नगरपालिकामा ७२ हजार ७९४, शिवसताक्षीमा ४४ हजार ६२, भद्रपुरमा ४२ हजार ५७, अर्जुनधारामा ४० हजार ४३०, गौरादहमा ३५ हजार ८८८, दमकमा ४६ हजार ५२३, विर्तामोडमा ४१ हजार २५, कनकाई नगरपालिकामा २५ हजार ७२२, बुद्धशान्ति गाउँपालिकामा २६ हजार ७१६, कचनकवलमा २५ हजार ७४९, बाह्रदशीमा २१ हजार सात, झापामा १९ हजार ५४८, कमलमा २९ हजार ४०२, गौरीगञ्जमा २० हजार ४०१ र हल्दिबारीमा १८ हजार ८९२ जना मतदाता छन् ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *