Home / News / पत्रपत्रीकाबाट / रोल्पाको माडीमा कांग्रेस–एमालेको यस्तो छ तालमेल

रोल्पाको माडीमा कांग्रेस–एमालेको यस्तो छ तालमेल

जेठ ५ । रोल्पाको माडी गाउँपालिकामा कांग्रेस र एमालेको चुनाबी तालमेल भएको छ ।अध्यक्षमा नेपाली कांग्रेसका गोपाल घर्ती र उपाध्यक्ष नेकपा एमालेका प्रेमबहादुर घर्तीले उम्मेदवार दर्ता गरेका हुन् ।
यी दुबैले अध्यक्षको दाबी गरे पनि अनततः मिल्न बाध्य भएको बताइएको छ ।गोपाल कांग्रेस रोल्पाका क्षेत्रीय अध्यक्ष हुन् भने प्रेमबहादुर एमाले जिल्ला सदस्य हुन् ।

रोल्पामा माओवादी केन्द्रले गरेको निधेषको राजनीतिलाई अन्त्य गर्न कांग्रेस(एमालेले तालमेल गरेको एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीले बताए ।

माडी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले नन्दबहादुर पुनमगर ‘आनन्द’लाई र धनीकला घर्ती बुढामगर ‘प्रभा’लाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।

Check Also

गोर्खाल्यान्ड आन्दोलनः जीटीए खारेज हुने

असार ७। पश्चिम बंगालको दार्जीलिङ विकासका लागि दिइएको स्वायत्तता गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) खारेज गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *