Home / News / समाचार / कीर्तिमानी आरोही पण्डितको अमेरिकामा मृत्यु

कीर्तिमानी आरोही पण्डितको अमेरिकामा मृत्यु

असार ५ । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ ।

प्युठान स्थायी घर भएका उनको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा मृत्यु भएको हो ।
कीर्तिमानी आरोही पण्डितको निधनको खबर वासिङ्टन डिसीस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको छ । हिमाल चढ्ने क्रममा खराब मौसमका कारण पण्डितको शुक्रबार मृत्यु भएको हो ।

पण्डितले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमालको आरोहण गरिसकेका छन् । उनले विश्वको सर्बोच्च शिखर सगरमाथा, मनास्लु, अष्ट्रेलियाको शिखर माउण्ट कोजियस्को, अफ्रिकाको किलिमान्जारो, युरोपको एलव्रसलगायत विभिन्न महादेशका हिमालको सफल आरोहण गरिसकेका छन् ।

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *