Home / News / समाचार / माओवादीबाट मन्त्री बन्नेको लिष्ट बाहिरिएपछि पार्टीभित्र हल्लाखल्ला

माओवादीबाट मन्त्री बन्नेको लिष्ट बाहिरिएपछि पार्टीभित्र हल्लाखल्ला

असार ५ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी कोटाबाट को–को मन्त्री बन्ने लिष्ट नै बाहिरिएपछि अहिले माओवादीमा हल्लाखल्ला भएको छ । देउवाले निर्वाचनको वाहना बनाएर असार १४ पछि मात्रै मन्त्रिमण्डल बिस्तार गर्ने भनेका छन् । तर, सरकारमा सहभागी दल माओवादीले भने अहिले नै लिष्ट तयार गरेको थियो । त्यही लिष्ट बाहिरिएपछि अहिले हल्लाखल्ला भएको हो ।
जानकारी अुनसार प्रचण्डले सांसद शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ र कालिकोटका महेन्द्र शाहीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
मण्डलले आपूर्ति र श्रेष्ठले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने बुझिएको छ । शाहीलाई दिने मन्त्रालयको टुंगो लागेको छैन । मन्त्री बन्ने सूचीमा सांसद रेखा शर्माको नाम पनि रहेको छ ।

सन्तकुमार थारु र मानबहादुर थारुमध्ये एकजना पनि मन्त्री बन्ने लाइनमा छन् । त्यसैगरी गिरिराजमणि पोख्रेलपनि नारायणकाजी श्रेष्ठ समूहबाट मन्त्री बन्ने पक्का रहेको बताइन्छ ।

राज्यमन्त्रीमा सृजना तरामु मगर, सीता नेपाली, सुरेन्द्रप्रसाद जैशवाल, लालेन्द्रकुमार मण्डलको चर्चा रहेको छ ।

Check Also

टर्कीमा ६.७ रेक्टरस्केलको भूकम्प, दुईको मृत्यु

साउन ६। टर्कीको इजियन तट नजिक रहेको ग्रीक द्वीपमा ६ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *