Home / News / समाचार / एमालेकै दबाबमा निर्वाचनको मिति तोकिएको होः पूर्वसभामुख नेम्वाङ

एमालेकै दबाबमा निर्वाचनको मिति तोकिएको होः पूर्वसभामुख नेम्वाङ

असार ५ । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको बताएका छन् । ‘सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो, तर एमालेको निरन्तर दबाबका कारण सरकार मिति तोक्न बाध्य भयो’– नेम्वाङले भने ।

नेकपा एमालेद्वारा माङ्सेबुङ गाउँपालिकाको चिसोपानी पञ्चमीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपनेता नेम्वाङले राजपाको बहाना बनाएर निर्वाचन पछि धकेल्न सरकार उद्दत रहेको बताए ।

दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै उनले जनता एमालेकै पक्षमा रहेको जिकिर गरे । आफ्नो पार्टी सरकारमा हुँदा विकास निर्माणको कार्यले प्राथमिकता पाएको चर्चा गर्दै उनले सरकारले गरेका गल्तीका कारण राँके–रवि–दमक सडकको ठेक्का लाग्न नसकेको आरोप लगाए ।

पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्लाको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सभामुख हुँदा विशेष पहल गरेको पनि उनले उल्लेख गरे ।

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *