Home / News / समाचार / राजपा तेस्रो चरणमा चुनावमा आउँछः गृहमन्त्री शर्मा

राजपा तेस्रो चरणमा चुनावमा आउँछः गृहमन्त्री शर्मा

असार ५। गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टी नेपालसँग सहमति भई तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सो पार्टी सहभागी हुने विश्वास व्यक्त गरे ।

गृह मन्त्रालयको आयोजनामा आज नेपालगन्जमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले तेस्रो चरणअन्र्तगत असोज २ गते हुने प्रदेश नं २ को चुनावपछि सबै समस्याको अन्त्य भई देश नयाँ संविधान कार्यान्वयनको गतिमा अघि बढ्ने बताए ।

उनले स्थानीय तहको निर्वाचनपछि स्थानीयस्तरबाट भ्रष्टाचारविरुद्ध अभियान सशक्त रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । यही असार १४ गते हुने निर्वाचनलाई ध्यानमा राखी यस क्षेत्रअन्तर्गत छ जिल्लाको सुरक्षा अवस्था र समस्याका विषयमा केन्द्रीय सुरक्षा योजनामा थप समावेश गरी अगाडि बढाइने बताए ।

गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा निर्वाचन आयुक्त सुधिरकुमार साहलगायतको सहभागिता थियो । गोष्ठीले निर्वाचनलाई लक्ष्य गरी विशेष योजना तयार गर्न सुझाव दिने जनाइएको छ ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *