Home / News / अन्तर्राष्ट्रिय / आत्मघाती आक्रमणमा बीस नाजेरियालीको मृत्यु

आत्मघाती आक्रमणमा बीस नाजेरियालीको मृत्यु

 

असार ५ । नाईजेरियाको उत्तरपूर्बी क्षेत्रमा पर्ने बोर्ने प्रदेशमा आइतबार राति भएको विभिन्न आत्मघाती आक्रमणमा परी २० जना भन्दा बढी मारिएका छन् ।
आक्रमणकारी पाँच जना महिला सहित १७ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस बाहेक अन्य चार जनाको अस्पताल लगेपछि उपचारको क्रममा सोमबार मृत्यु भएको राष्ट्रिय विपद व्यवस्थापन कार्यालयले जनाएको छ ।
घटनास्थल कोफा गाँउ बोर्नो प्रदेशको राजधानी मैदुगुरी देखि झण्डै आठ किलोमिटर टाढा रहेको आक्रमण आन्तरिक रुपमा विस्थापित भएका द्वन्द्व पीडित नाइजेरियाली शरणर्थी बस्ने हुन् ।
विस्फोटनमा आतङ्कवादी समूह बोको हरामको संलग्नता रहेको हुन सक्ने प्रशासनले बताएपनि विद्रोहीले घटनाको जिम्मेवारी लिएको छैन ।
नाईजेरियामा अहिले सम्म बोको हरामको आक्रमणमा परी २० हजार भन्दा बढीको मृत्यु भएको छ भने २३ लाख जना विस्थापित भएका छन् ।
नाइजेरियामा सन् २००९ देखि विद्रोही र सरकारी पक्षका बीचमा युद्ध चलिरहेको छ ।

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *