Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा

रमेश श्रेष्

म सन् २००२ मा बी–२ भिसामा अमेरिका आएको थिएँ। सन् २००७ मा असाइलमको निवेदन गरें। १ वर्षभन्दा बढी समय भएपछि असाइलमको निवेदन गरेको भनी इमिग्रेसन जजले सन् २०११ मा विथहोल्डिङ अफ रिमोभल भन्ने मात्र एप्रुभ गरिदियो। अहिले मेरो विवाह युएस सिटिजनसँग भएको छ। मेरो श्रीमान् सक्दो चाँडो म्यारिजको निवेदन पेश गर्नेतिर लाग्नुभएको छ। अब हामीमा यो दुविधा छ कि सिधै युएससीआईएसमा ग्रीनकार्डका लागि निवेदन पेश गर्ने हो कि इमिग्रेसन कोर्टमा गएर गर्ने हो। अर्को प्रश्न यो पनि छ कि यदि सिधै युएससीआईएसमा म्यारिजको निवेदन पेश गरेमा कोर्टको केसले असर पार्छ कि पार्दैन? झर्को नमानी के गर्दा ठीक हुन्छ, त्यसको उपाय बताइदिनुभए धेरै आभारी हुने थियौं।

– सजना, न्यूयोर्क

युएस सिटिजनसँग विवाह भएको आधारमा तपाईंले ग्रीनकार्ड पाउने नियम युएस इमिग्रेसन ल अन्तर्गत व्यवस्था छ । यदि तपाईंले असाइलमको निवेदन नगरेको र कोर्ट प्रोसेसिङमा नपर्नुभएको भए युएससीआईएसमा आई–१३० पेटिसन र आई–४८५ एप्लिकेसन फायल गरी ग्रीनकार्डका लागि प्रोसेस गर्न सक्नुहुने थियो । तपाईंको श्रीमान्ले आई–१३० पेटिसन युएससीआईएसमा डिरेक्ट्ली फायल गर्न सके पनि तपाईंको आई–४८५, एप्लिकेसन फर एडजष्टमेन्ट अफ स्टाटस, युएससीआईएसमा सोझै फायल गर्न सक्नु हुने छैन । कारण तपाईंले असाइलम निवेदन दिएर कोर्ट प्रोसेसिङमा परिसकेपछि तपाईंमाथि युएससीआईएसको जुरिसडिक्सन हुने छैन । अर्थात् तपाईंले पेश गरेको निवेदन युएससीआईएसले एड्जष्टमेन्ट गर्ने अधिकार हुने छैन । अर्को कुरा विथहोल्डिङ अफ रिमोभल गर्ने अर्डर भइसके पनि त्यसलाई होल्ड गरिएको मात्रै हो । त्यसैले यस्तो अवस्थामा तपाईंको श्रीमान्ले फायल गरेको आई–१३० पेटिसन एप्रुभ भए पनि कोर्टमा रहेको रिमोभल प्रोसिडिङलाई रिओपन नगरी युएससीआईएसले तपाईंको पेस गरेको आई–४८५ एप्लिकेसनलाई एड्जडिकेट गर्ने छैन । त्यसैले सर्वप्रथम तपाईंको श्रीमान्ले आई–१३० पेटिसन युएससीआईएसमा पेश गर्नुपर्ने हुन्छ । युएससीआईएसले सो आई–१३० पेटिसन एप्रुभ गरेपछि सो एप्रुभलका आधारमा इमिग्रेसन कोर्टमा रहेको रिमोभल प्रोसिडिङलाई रिओपन गर्नुपर्ने हुन्छ । मोसन अफ रिओपनको माध्यमबाट रिमोभल प्रोसिडिङ रिओपन भएपछि तपाईंको आई–४८५ एप्लिकेसन या त कोर्टबाट नै एड्जडिकेट गर्ने माग गर्न सक्नुहुनेछ, नभए रिमोभल प्रोसिडिङलाई टर्मिनेट गरेर युएससीआईएसद्वारा सो आई–४८५ एप्लिकेसनको एड्जडिकेट गर्ने माग गर्न सक्नुहुनेछ ।

अहिलेको स्थितिमा अध्यागमनको अदालतहरु बढी कामको चापले गर्दा रिमोभल प्रोसिडिङ टर्मिनेट वा अन्त्य गर्न इच्छुक भए पनि नयाँ डिपार्टमेन्ट अफ जस्टिसको निर्देशनअनुरुप आईसीईको वकिलहरु रिमोभल प्रोसिडिङलाई अन्त्य वा टर्मिनेट गर्न इन्कार गर्ने भएकाले इमिग्रेसन कोर्टले नै एडजष्टमेन्ट अफ स्टाटसको सुनुवाइ गर्न सक्नेछ ।

आई–४८५ एप्लिकेसन एप्रुभ भएको खण्डमा तपाईंले पर्मानेन्ट रेसिडेन्ट स्टाटस प्राप्त गर्नुहुनेछ ।

Check Also

वकिलसँग कानुनका कुरा

कानूनी स्तम्भमार्फत महत्वपूर्ण कानूनी सल्लाह सुझाव उपलब्ध गराइदिनुभएकोमा विश्व सन्देश साप्ताहिकलाई धेरै धेरै धन्यवाद ! …

Leave a Reply

Your email address will not be published. Required fields are marked *