Home / News / मनोरञ्जन / वेबसाइटमा मह

वेबसाइटमा मह

ख्यातिप्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महको अफिसियल वेबसाइट पनि निर्माण भएको छ । जसको केही समयअगाडि मात्र सार्वजनिक भएको छ । मह जोडीलाई हेर्न र सुन्न अब न स्टेज पुग्नुपर्छ, न रेडियोको कान नै बटार्नुपर्छ, न त टेलिभिजनमा समय र बार नै कुर्नुपर्छ । महलाई मन पराउने लाखौं–करोडौं दर्शकले अब आफ्नो अनुकूल समयमा महलाई उनीहरुको वेबसाइटमा सजिलै देख्न सकिने भएको छ ।

महको अफिसियली वेबसाइट www.mahajodi.com.np मा महको बायोग्राफीदेखि मह निर्मित तथा अभिनित चलचित्र लगायत सबै सिर्जनाहरु हेर्न र पढ्न सकिन्छ । कलाकार आफैले नेपालमा वेबसाइट बनाएर व्यावसायिक रुपमा सुरुवात गरेको सम्भवतः यो पहिलो हो ।

वेबसाइट लन्चिङपश्चात् महजोडीले पहिले–पहिले क्यासेट, सिडी बिक्री हुन्थ्यो । अहिले त्यो क्रम शून्य छ । त्यसैले युट्युब च्यानल, अनलाइनलाई एउटा आम्दानीको स्रोत मान्न थालिएकाले यस प्रविधिलाई आफूहरुले पनि आत्मसात गरेको बताएका छन् । यस वेबसाइटबाट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका बारेमा अध्ययन गर्न चाहनेहरुका लागि पनि निकै सहयोगी हुने बताइएको छ ।

Check Also

नायिका–निर्माता स्क्याण्डल चर्चा

राम्रोभन्दा नराम्रो तौरतरिकाले चर्चा तथा परिचर्चा हुनु राम्रो अवश्य होइन । होहल्लाको किसिम, स्थान तथा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *