Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा

रमेश श्रेष्

मेरो श्रीमान् युएस सिटिजनद्वारा स्पोन्सर भएर ग्रीनकार्ड पाएर अमेरिका आएको डेढ वर्ष भयो । मलाई अमेरिका आउँदा २ वर्षको ग्रीनकार्ड दिएको थियो र २ वर्ष पुग्नुअगावै कन्डिसनल ग्रीनकार्डलाई १० वर्ष अथवा पर्मानेन्ट गर्नुपर्ने हुन्छ भनी सल्लाह दिएको थियो । अहिले मेरो श्रीमान्सँग मनमुटाव भएर डिभोर्स पनि भयो । कन्डिसनल रिमोभल गर्ने निवेदनमा मेरो श्रीमान्को पनि सही हुनुपर्छ भन्ने सुनेको छु । अब कसरी मैले मेरो अस्थायी ग्रीनकार्डलाई स्थायी बनाउन होला ? केही उपाय छ कि ?

– सीमा, भर्जिनिया

युएस सिटिसनको स्पाउसको हैसियतले ग्रीनकार्ड पाउँदा सो ग्रीनकार्ड पाउने वा इमिग्रान्ट भिसा इस्यू हुने दिनमा यदि सो उनीहरुबीचको विवाहको अवधि २ वर्षभन्दा कम भएको खण्डमा एलियन स्पाउसले २ वर्षको कन्डिसनल रेसिडेन्ट स्टाटस प्राप्त गर्नेछ । त्यस्ता कन्डिसनल रेसिडेन्ट स्टाटस पाएकाहरुले २१ महिनादेखि २४ महिनाको समयभित्रमा सो कन्डिसन रिमुभ गर्नका लागि आई–७५१ एप्लिकेसन भरी युएससीआईएसमा आफ्नो विवाहको कागजपत्रसमेत राखी दर्ता गर्नुपर्ने हुन्छ । आई–७५१ एप्लिकेसनको अवस्थामा दुवै युएस सिटिजन स्पाउस र एलिन स्पाउस दुवैले निवेदनमा सही गरी, विवाह कायमै रहेको र गुड फेथ म्यारिज रहेको तथ्य प्रमाणित गर्न विभिन्न किसिमका चिल्ड्रेन, फाइनान्स इप्लोइमेन्ट, प्रोपर्टिज, हेल्थ, रेलिजन आदि झल्कने खालका दुवै श्रीमान् र श्रीमतीसँग सम्बन्ध राख्ने कागजपत्रहरु पनि संलग्न गर्नुपर्ने हुन्छ । युएससीआईएसलाई बोना–फाइड म्यारिज कायम रहेको कुरा विश्वास हुन आएमा आई–७५१ एप्लिकेसन एप्रुभ हुनेछ । यदि आई–७५१ एप्लिकेसन डिनाइड भएको खण्डमा एलियन स्पाउसलाई डीएचएसले रिमोभल प्रोसिडिङमा राखी इमिग्रेसन कोर्टमा केस गएको खण्डमा एलियन स्पाउसले फेरि पनि इमिग्रेसन जजसमक्ष आई–७५१ एप्लिकेसनको पुनः सुनुवाइ गर्नका लागि माग गर्न सक्दछ ।

तर, तपाईंको अवस्थामा यदि आई–७५१ एप्लिकेसन युएससीआईएसमा दाखिल गर्नुअगावै डिभोर्स भएको छ भने सो अवस्थामा पनि आई–७५१ एप्लिकेसन तपाईंले मात्र सही गरी ज्वाइन्ट पेटिसन फायल गर्नुपर्ने नियमको वेभर माग गर्न सक्नुहुनेछ । यस अवस्थामा निवेदकले विवाह गुड फेथमा भएको तर विवाह डिभोर्सको कारणले टर्मिनेट भएको भनी वेभरको माग गर्न सक्दछ । यस्तो निवेदनको अवस्थामा निवेदकले विवाह बोना–फाइड भएको र गुड फेथ अर्थात् सही भावनाले गरेको हो, न कि ग्रीनकार्ड पाउनका लागि मात्र गरेको हो भनी साबित गर्न सक्नुपर्ने हुनेछ । यस अवस्थामा विवाह साँचो र सही भावनाले गरिएको भनी प्रमाणित गर्न विभिन्न कागजपत्रहरु पेश गर्नुपर्ने हुन्छ । युएससीआईएसलाई सो कुरामा सन्तुष्टि हुन आएमा उक्त निवेदन स्वीकृत गरिदिनेछ । यसरी आई–७५१ निवेदन एप्रुभ भएमा युएससीआईएसले १० वर्षको ग्रीनकार्ड पठाइदिनेछ ।

यदि आई–७५१ निवेदन अस्वीकृत भएमा युएससीआईएसले तपाईंलाई रिमोभल प्रोसिडिङमा राखी अध्यागमनको अदालतमा पठाउन सक्नेछ । सो अवस्था आएमा इमिग्रेसन जजसमक्ष आई–७५१ निवेदनमाथि पुनः सुनुवाइको माग गर्न सक्नुहुनेछ ।

Check Also

वकिलसँग कानुनका कुरा

कानूनी स्तम्भमार्फत महत्वपूर्ण कानूनी सल्लाह सुझाव उपलब्ध गराइदिनुभएकोमा विश्व सन्देश साप्ताहिकलाई धेरै धेरै धन्यवाद ! …

Leave a Reply

Your email address will not be published. Required fields are marked *