Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा

रमेश श्रेष्

कानूनी स्तम्भमार्फत महत्वपूर्ण कानूनी सल्लाह सुझाव उपलब्ध गराइदिनुभएकोमा विश्व सन्देश साप्ताहिकलाई धेरै धेरै धन्यवाद ! मेरो हालको स्टाटस पर्मानेन्ट रेसिडेन्ट छ । मैले गत महिना मेरो स्पाउस (जो अमेरिकामा टुरिष्ट भिसा, बी–१/बी–२ मा छ)का लागि आई–१३० पेटिसन फाइल गरेको थिएँ । यसै प्रसंगमा एकसाथ दुई जिज्ञासा राख्न चाहन्छु— (१) आई–१३० पेन्डिङ हुँदा मेरो श्रीमतीको टुरिष्ट भिसा समाप्त भएमा केही फरक पर्छ ? (२) म, पेटिसनरको नेचरलाइजेसन भएपछि अपडेट गरे आई–१३० प्रोसेसिङ टाइममा केही फरक पर्छ ? यसबारे पूर्ण जानकारी पाए निकै आभारी हुने थिएँ ।

— दिवज राई, भर्जिनिया

विवाहका आधारमा ग्रीनकार्ड होल्डर वा युएस सिटिजनहरुले आफ्नो श्रीमान्÷श्रीमतीलाई ग्रीनकार्डका लागि आई–१३० पेटिसन युएससीआईएसमा पेश गर्न सक्नेछन् । तर, फरक यो छ कि ग्रीनकार्ड होल्डरको श्रमिान् वा श्रीमतीहरु एफ–२ए फ्रिफरेन्स क्याटगोरीमा पर्दछन् र ग्रीनकार्ड भिसा अर्थात् इमिग्रान्ट भिसाका लागि पालो पर्खनुपर्ने हुन्छ । कारण, एफ–२ए क्याटगोरीका लागि वार्षिक इमिग्रान्ट भिसाको सीमित मात्रामा कोटा भएको र उक्त कोटा पेश भएका निवेदनहरुभन्दा थोरै संख्यामा उपलब्ध भएकाले निवेदकहरुले पालो पर्खनुपर्ने हुन्छ । तर, यदि निवेदक अर्थात् पेटिसनर अमेरिकी नागरिक भएको खण्डमा इमेडियट रिलेटिभ (आईआर)को क्याटगोरीमा पर्न जान्छ, जसका लागि कुनै कोटाको नियम लागू हुने हुँदैन र इमिग्रान्ट भिसा उक्त निवेदनको बेनिफिसियरीहरुका लागि इमेडियट्ली प्राप्त हुने हुन्छ । अर्थात् अमेरिकी नागरिकको श्रीमान्/श्रीमतीका लागि इमिग्रान्ट भिसा तत्कालै उपलब्ध हुने भएकाले उनीहरुले आई–१३० पेटिसन साथसाथै आफ्नो आई–४८५ अर्थात् ग्रीनकार्डको निवेदन पनि युएससीआईएसमा पेश गर्न सक्नेछन् ।

त्यसैले तपाईंका जिज्ञासाका उत्तर यस प्रकार छन्– (१) तपार्इं ग्रीनकार्ड होल्डर भएर आई–१३० पेटिसन युएससीआईएसमा पेश गरेका कारणले तपाईंको स्पाउसलाई उहाँको पर्यटक भिसालाई मद्दत या हानि गर्ने छैन । तर, मात्र आई–१३० पेटिसन फायल गरेकै आधारमा तपाईंको स्पाउसले कुनै पनि स्टाटससम्बन्धी सुविधा प्राप्त गर्न सक्नु हुनेछैन । यदि उहाँले बी–१/बी–२ भिसालाई म्याद थप्ने वा अन्य भिसामा परिवर्तन गरी नन–इमिग्रान्ट भिसालाई कायम गर्ने कदम नचाली यसै भिसाको म्याद गुज्रिन दिनुभयो भने उहाँ आउट अफ स्टाटस अर्थात् इलिगल स्टाटसमा जानुहुनेछ । उहाँ इलिगल हुनुभएको खण्डमा तपाईंले पेश गरेको आई–१३० निवेदनका आधारमा तपाईं युएस सिटिजन नभएसम्म उहाँले ग्रीनकार्डका लागि आई–४८५ निवेदन पेश गर्न सक्नु हुनेछैन ।

त्यसैगरी तपाईंका दोस्रो जिज्ञासामा नेचुरलाइजेसन अर्थात् अमेरिकी नागरिकता पाप्त गर्नुभएको अवस्थामा तपाईंले अहिले ग्रीनकार्ड होल्डर हुँदा पेश गरेको आई–१३० पेटिसनलाई अपग्रेड गर्न सक्नुहुनेछ । अर्थात् सो एफ२ए प्रिफरेन्स क्याटगोरीको आई–१३० लाई इमेडियट रिलेटिभ (आईआर)मा अपग्रेड गर्न सकिनेछ । सो अवस्थामा तपाईंको स्पाउस भिसामा भएको वा नभएको, जे जस्तो अवस्था भए पनि उक्त आई–१३० पेटिसनको बेनिफिसियरीको हैसियतले आई–४८५ एप्लिकेसन युएससीआईएसमा पेश गर्न सक्नुहुनेछ ।

अब आई–१३० पेटिसनको प्रोसेसिङको समयको हकमा ६ महिनादेखि ९ महिनासम्म केस बाई केसका हिसाबले प्रोसेसिङको समय लाग्न सक्छ । तर, तपाईंले अमेरिकी नागरिकता प्राप्त गर्नुभएको अवस्थामा उक्त आई–१३० पेटिसन स्वीकृत भएको वा नभएको जे–जस्तो अवस्थामा भए पनि तपाईंको स्पाउसले आई–४८५ एप्लिकेसन पेश गर्न सक्नुहुनेछ ।

Check Also

वकिलसँग कानुनका कुरा

मेरो श्रीमान् युएस सिटिजनद्वारा स्पोन्सर भएर ग्रीनकार्ड पाएर अमेरिका आएको डेढ वर्ष भयो । मलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *