Home / News / आईसीसी यू–१९ विश्वकप, नेपाल बाहिरीयो

आईसीसी यू–१९ विश्वकप, नेपाल बाहिरीयो

नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ९६ रनको हारसंगै नेपाल छनोट चरणबाट बाहिरिएको हो । अर्को तर्फ यो जितसंगै अफगानिस्तान भने अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू–१९ विश्वकपमा स्थान बनाउन सफल भएको छ । दुई अंकले पछि परेको नेपाललाई विश्वकपमा स्थान बनाउन अफगानिस्तानमाथि निकै ठूलो अन्तरको जित निकाल्नु पर्ने थियो । तर त्यो हुन सकेन । नतिजा उल्टो भयो ।
सिंगापुरमा भएको खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । मध्यम लक्ष्य पछयाएको नेपाल ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सवार्धिक ४८ रनको योगदान दिए । पाचौं नम्बरमा आएका दिपेन्द्रले ८१ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरेको थिए । नेपालको शुरुवात नै खराब भयो । ५.२ ओभरमा १० रन हुँदा नेपालले पहिलो विकेटको रुपमा सन्दिप सुनारलाई व्यक्तिगत ६ रनमा गुमायो । त्यसको अर्को ओभरमा आशिफ शेख पनि २ रनको स्कोरमा आउट भए । तेस्रो नम्बरका प्रनित थापामगरले खाता खोल्नै सकेनन् भने अनिल साह पनि ६ रनमै आउट हुँदा नेपालले १०.४ ओभरमा २३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । १७औं ओभरमा नेपालले पाँचौं विकेटका रुपमा रोहित कुमार पौडेललाई गुमायो, उनले ३ रनमात्र टिमको खातामा थप्न सके । पाचौं नम्बरमा आएका दिपेन्द्रले पवन सर्राफसँग मिलेर छैटौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ३३.२ र ३४.६ ओभरमा क्रमसः पवन सर्राफ १० र दिपेन्द्र सिंह ऐरी ४८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालको स्कोर ८५ भयो । त्यसपछि आएका विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले पनि १० रनमात्र बनाए । नेपालका कप्तान सन्दिप लामिछानेले २ र शाहव आलमले अविजित २ रन बनाए ।
बलिङतर्फ अफगानिस्तानका युसुफ जाजीले ४ तथा मुजिव रहमानले ३ विकेट लिए । अफगानिस्तानका ओपनर जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए । उनको विकेट लिन नसक्नु नै नेपालका लागि घातक बन्यो । छैटौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीले साहब आलमको हातबाट जादरानलाई क्याच गराए । अफगानिस्तानका लागि इकराम फैजीले २४ रन बनाउँदा नाभेद ओबिडले २२ रन बनाए । नेपालका साहब आलमले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, कप्तान सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिएका थिए ।

Check Also

यू–२३ मा नेपाल लेबनानसँग पराजित

साउन ५ । एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *