Home / News / अर्थ / ९४ करोडको कारोबार हुँदा सेयर बजारमा सामान्य सुधार

९४ करोडको कारोबार हुँदा सेयर बजारमा सामान्य सुधार

साउन १० । मंगलबार सेयर बजार ७ दशमलव ११ अंकले बढेर परिसूचक १ हजार ६ सय ३६ दशमलव १९ विन्दुमा पुगेको छ ।

१ सय ५६ कम्पनीको १३ लाख ७१ हजार १ सय १० कित्ता सेयर ९४ करोड ८५ लाख ६५ हजार १ सय ६ रुपैयाँको किनबेच भएको छ ।

मंगलबारको सेयर कारोबारमा बैंकिङ समूहको र अन्य समूहको परिसूचक ओरालो लागेपनि अन्य सबै समूहको कारोबार उकालो लागेको छ ।

बैंकिङ समूहको परिसूचक शून्य दशमलव ४ र अन्य समूहको परिसूचक ३ दशमलव १८ अंकले घटेको नेप्सेले जानकारी गराएको छ ।

कारोबारमा व्यापार समूहको १ दशमलव ३५, होटेल समूहको ८ दशमलव ३९, विकास बैंक समूहको ६ दशमलव ४८, जलविद्यूत समूहको १८ दशमलव ०३, वित्त समूहको ६ दशमलव ९६, बिमा समूहको १ सय ५७ दशमलव ३२ र उत्पादन तथा प्रशोधन समुहको ७९ दशमलव ८५ अंकले उकालो लागेको छ ।

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *