Home / News / अन्तर्राष्ट्रिय / कालो धन राखेकोमा दोषी ठहर भएपछि नवाजको राजिनामा

कालो धन राखेकोमा दोषी ठहर भएपछि नवाजको राजिनामा

इस्लामावाद, साउन १३
पाकिस्तानको सर्र्वोच्च अदालतले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई विदेशमा कालोधन राखेकोमा दोषी ठहराएपछि सरिफले पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले शुक्रबार विदेशमा कालो धन राखेकोमा दोषी ठहर गर्दै सरिफ प्रधानमन्त्रीका लागि अयोग्य भएको फैसला सुनाएको थियो । अदालतको फैसलाप्रति सरिफको असन्तुष्टिका विच उनको राजिनामा आएको हो ।
पाकिस्तानमा आउँदो वर्ष संसदीय निर्वाचन तोकिएको छ। सरिफको राजीनामापछि अब कसले सरकारको नेतृत्व गर्छ भन्ने टुंगो भइसकेको छैन । अदालतले प्रधानमन्त्री नवाज सरिफलाई पानामा पेपर्समा दोषी देखाउँदै प्रधानमन्त्रीका लागि अयोग्य ठहर गरेको छ । उनलाई विदेशमा कालो धन जम्मा गरेकोमा दोषी ठहर गरिएको थियो ।
सर्वोच्च अदालतका पाँच न्यायाधीशको संयुक्त इजलासले सरिफलाई दोषी ठहर गरेको हो। यो सुनुवाइ प्रक्रियामा पाँचमध्ये तीन जना न्यायाधीशले निर्णय प्रक्रियाको निगरानीको जिम्मेवारी पनि पाएका थिए । इजलासका दुई न्यायाधीशले पहिले पनि सरिफलाई प्रधानमन्त्रीका लागि अयोग्य भएको फैसला गरेका थिए । सरिफलाई कारवाहीको माग गर्दै पुर्व क्रिकेटर तथा त्यहाको विपक्षी दलका नेता इमरान खानको दलले विरोध गर्दै आएको थियो ।
एजेन्सीको सहयोगमा

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *