Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा

रमेश श्रेष्

म टेक्ससमा बस्दछु । स्टोरमा काम गरिरहेका बेला केही व्यक्तिहरुले आई लुट्न खोज्दा मैले प्रतिरोध गरें र उनीहरुले मलाई कुटपिट गरे । मेरो शरीरका विभिन्न भागमा चोटपटक लाग्नुका साथै दाहिने हात फ्र्याक्चर हुन पुग्यो । अहिले त्यो घटनाको पुलिस केस चलिरहेको छ । लोकल अस्पतालमा ट्रिटमेन्ट गरिरहेको छु । म स्टुडेन्ट भिसामा छु, तर स्कूललाई निरन्तरता दिने अवस्थामा छैन । क्राइम भिक्तिमहरुलाई ‘यू’ भिसाको व्यवस्था छ भन्ने सुनें, के यो सत्य हो ? के मैले यो प्रोसेस गर्न सक्छु होला ?

– एस एन, टेक्सस

युएस कंग्रेसले सन् २००० मा ‘द भिक्तिम्स अफ ट्राफिकिङ एण्ड भायोलेन्स प्रिभेन्सन एक्ट अफ २०००’ पास गरेको थियो । यस कानूनले विभिन्न भिक्तिमहरुमध्ये भायोलेन्ट क्राइम भिक्तिमहरुलाई, जसले संगीन शारीरिक र मानसिक दुव्र्यवहार भोगेको छ र उनीहरु ‘ल इनफोर्समेन्ट’ वा अन्य सरकारी निकायहरुलाई त्यस अपराधको अनुसन्धान र कारबाहीमा सहयोग पु¥याएको वा पु¥याउनमा तत्पर छ भने युएससीआईएसले ‘यू’ भिसा प्रदान गर्नेछ । ‘यू’ भिसा ४ वर्षका लागि हुनेछ र त्यसपश्चात् ग्रीनकार्डका लागि निवेदन गर्न सक्षम हुनेछन् । तपाईंको केसको हकमा तपाईंले आफू सो क्राइमको भिक्तिम भएको र गम्भीर फिजिकल र मेन्टल इन्जुरी भएको प्रमाणित गर्नुका साथै ‘ल इन्फोर्समेन्ट एजेन्सी’बाट तपाईंले सो अपराधको अनुसन्धान र कारबाहीमा सहयोग पु¥याएको वा सहयोग पु¥याउन सक्ने स्थिति भएको भनी सर्टिफिकेसन प्राप्त गर्नुपर्नेछ । तपाईं क्राइम भिक्तिम भए पनि र सब्सट्यान्सियल इनजुरी भोग्नुपरेको भए पनि यदि ‘ल इन्फोर्समेन्ट’ वा सरकारी अधिकृतबाट सो ‘यू’ भिसा सर्टिफिकेसन वा सिफारिश लिन सक्नुभएन भने ‘यू’ भिसाको निवेदन एप्रुभ हुन सक्ने छैन ।

‘यू’ भिसाको मुख्य उद्देश्य क्राइम भिक्तिमहरुलाई मद्दत गर्नुका साथै ‘ल इन्फोर्समेन्ट’ एजेन्सीहरुलाई अपराधको अनुसन्धान र कारबाहीमा मद्दत पु¥याउनुभएकाले तपाईं लिगल वा इलिगल जेजस्तो स्टाटस भए पनि त्यसको ‘यू’ भिसा एप्लिकेसनमा कुनै असर पर्ने छैन ।

Check Also

वकिलसँग कानुनका कुरा

मेरो श्रीमान् युएस सिटिजनद्वारा स्पोन्सर भएर ग्रीनकार्ड पाएर अमेरिका आएको डेढ वर्ष भयो । मलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *