Home / News / प्रवास / अमेरिका आउँदै गायिका अन्जु पन्त

अमेरिका आउँदै गायिका अन्जु पन्त

न्यूयोर्क । नेपाली गायन क्षेत्रका प्रख्यात गायिका अञ्जु पन्त इनासको कार्यक्रममा डिसी आउने भएकी छन् । नेपाली चलचित्रका लागि थुप्रै गीत गाइसकेकी पन्तले सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको दिएकी छन् । उनको सर्वाधिक रुचाइएको ‘न बिर्से तिमीलाई’ नामक गीत हो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनामा पहिलो प्रस्तुतिमा कलाकार अन्जु पन्तलाई बोलाउने भएको हो ।

कार्यक्रम भर्जिनियाको मनासस शहरमा आगामी अगष्ट १३ मा हुने इनासका पदाधिकारीले बताएका छन् । इनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले कलाकार अन्जु पन्त लामो समयपछि अमेरिका आउने भएकाले हौसला बढाउन नेपाली समुदायलाई आग्रहसमेत गरेका छन् ।

Check Also

बाढीपहिरोपीडित संकलित रकम एनआरएनमार्फत पठाउने पहल

न्यूयोर्क । बाढीपहिरो पीडितका लागि अमेरिकामा संकलित राहत रकम एकमुष्ट गैरआवासीय नेपाली संघ (एनआरएन)मार्फत पठाउन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *