Home / News / अर्थ / गोपालबहादुरको गर्जनः ‘जग्गा खरिद प्रकरणमा कुनै अनियमितता भएको छैन’

गोपालबहादुरको गर्जनः ‘जग्गा खरिद प्रकरणमा कुनै अनियमितता भएको छैन’

साउन १९। जग्गा खरिद प्रकरणमा कुनै अनियमितता नभएको भन्दै नेपाल आयल निगमले विभिन्न सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचारप्रति आपत्ति जनाएको छ ।

निगमले पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको भण्डारणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा गरिएको जग्गा खरिद प्रक्रियामा घोटाला भएको भनी संसदीय समितिले आशंका गर्नु र समाचार बाहिर आउनुमा कुनै सत्यता नभएको जिकिर गरेको छ ।

सम्मेलनमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद गर्ने निर्णय विधिसम्मत भएको र खरिदका क्रममा कुनै पनि अनियमितता नभएको बताए । निगमले जग्गा खरिदको विषयमा संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरू गरिसकेका सन्दर्भमा त्यसबारे अड्कलबाजी नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेको छ ।

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *