Home / News / अर्थ / तमोर जलाशययुक्त आयोजनालाई तत्काल अघि बढाउन ओलीको सुझाव

तमोर जलाशययुक्त आयोजनालाई तत्काल अघि बढाउन ओलीको सुझाव

साउन २० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महत्वको तमोर जलाशययुक्त आयोजनालाई तत्काल अघि बढाइनुपर्ने बताएका छन् । तमोर जलाशययुक्त सरोकारले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

तमोर आयोजना नाफायुक्त र देशको समृद्धिसँग जोडिएकाले सहमतिका साथ नियामक निकायले लाइसेन्स दिएर प्राधिकरणले निर्माण प्रक्रिया अघि बढाउनुपर्ने खाँचो औँल्याए । ‘तमोर आयोजना देशको ऊर्जा संकट समाधान मात्र हैन पर्यटन र कृषि व्यवसायको प्रवद्र्धनमा समेत टेवा आयोजनालाई सफल बनाउन सबैको सक्रियता चाहिन्छ, पूर्वाञ्चल र समग्र देशको विकासमा यो आयोजनाले सहयोग पुग्छ’ उनले भने ।

नेपाली काँग्रेसका नेताद्वय डा मीनेन्द्र रिजाल, भीष्मराज आङ्देम्बे, नेकपा ९एमाले० का सचिव भीम आचार्य, प्रमुख सचेतक भानुभक्त ढकाल लगायतले तमोर जलाशययुक्त आयोजनालाई तत्काल अघि बढाउन सरोकार निकायको ध्यानाकर्षण गराए ।
प्राधिकरणका उपकार्यकारी निर्देशक मोहनरत्न शाक्यले राष्ट्रिय महत्वको जलाशययुक्त आयोजना निर्माणले देशको ऊर्जा संकट निवारणमा टेवा पुग्ने भएकाले प्राधिकरणको प्राथमिकतामा रहेको बताए ।
उनका अनुसार भूकम्पीय जोखिम नभएको तथा कम लगानीमा चाँडो फाइदा लिनसक्ने तमोर आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको र विस्तृत इन्जिनियरिङ अध्ययन गर्न दुई वर्ष लाग्नेछ । यो आयोजनाको कूल लागत रु एक खर्ब १२ अर्ब लाग्ने बताइएको छ ।
प्रभावित आयोजनाका तर्फबाट काबेली ‘ए’ का प्रमुख कार्यकारी अधिकृत शेरसिंह भाटले राष्ट्रिय महत्वको ठूलो परियोजना भएकाले सरकारकै निर्णयमा भरपर्ने बताए । लोयर (तल्लो) हेवा आयोजनाका प्रमुख सञ्जीवकुमार ठाकुरले आयोजनाको भविष्यबारे सरकारको निर्णय स्वीकार्य हुने बताए ।
तमोर जलाशययुक्त सरोकार समूहका अध्यक्ष वसन्त नेम्वाङले राष्ट्रिय प्रसारण प्रणालीलाई सहयोग पुग्ने आयोजनाको काम चाँडो अघि बढाउन दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *