Home / News / पत्रपत्रीकाबाट / ‘फ्री भिसा’को मूल्य ९ लाख !

‘फ्री भिसा’को मूल्य ९ लाख !

साउन २५। अंग्रेजीमा भनिने ‘फ्री भिसा’को अर्थ शून्य लागत । तर, आनौठो लाग्न सक्छ ‘फ्री भिसा’को मूल्य ९ लाखसम्म पर्छ भन्दा । यथार्थ भने यस्तै छ । मंगलबार व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा पेश गरिएको प्रतिवेदनमा सो कुरा पाइएको हो । कारोबार दैनिकमा समाचार छ ।

साउदी अरब, कुवेत, कतार र संयुक्त अरव इमिरेट्सको भ्रमण गरी व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण भ्रमण उपसमितिले सो प्रतिवेदन तयार गरेको हो । प्रतिवेदनमा नेपाली कामदारले कम्तीमा ५० हजारदेखि ९ लाख रुपैयाँसम्म् बुझाउ बाध्य हुनुपरेको तथ्य सार्वजनिक गरिएको छ ।

०७२ सालको असार २१ गतेदेखि सरकारले रोजगारीमा मलेसिया र खाडी मुलुक जाने कामदारका लागि ‘फ्री भिसा फ्री टिकटको व्यवस्था गर्ने निर्णय गरेको थियो । तर, समितिको प्रतिवेदनमा भने सो निर्णय कार्यान्वयन नभएको पाइएको छ ।

Check Also

सातै प्रदेशमा एआइजी खटाउने तयारी

भदौ ४। प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *