Home / News / पत्रपत्रीकाबाट / ‘गुन्डा’ नाइके ‘चरी’ मारीनु ‘इन्काउन्टर’ को गलत अभ्यास

‘गुन्डा’ नाइके ‘चरी’ मारीनु ‘इन्काउन्टर’ को गलत अभ्यास

साउन २५। ‘गुन्डा’ नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरुमा मारिएपछि उनी आबद्ध पार्टी एमालेमा हल्लीखल्ली नै भयो । पार्टीमै दुई धार देखियो । त्यति बेला एमाले उपाध्यक्ष वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री थिए । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

‘वान्टेड’ सूचीमा परेपछि भारतमा लुकेर बसेका चरीलाई काठमाडौं ल्याउने प्रबन्धसँगै प्रहरीको इन्काउन्टर यो‘जना’ बनेको थियो । तत्कालीन गृहमन्त्री गौतमको ‘ग्रिन सिग्नल’ पछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट स्वीकृति लिएर पुष्कर कार्की (हाल डीआईजी) नेतृत्वको अपराध महाशाखाले उनलाई ‘सफाया’ गर्ने रणनीति बनाएको थियो ।

२०७१ साउन २१ गते सीतापाइलाबाट धादिङ निस्कने बाटो भीमढुंगामा उनी इन्काउन्टरमा मारिए । मोरसाइकल चढेकै अवस्थामा उनले फायर खोलेपछि प्रतिरक्षामा गोली चलाइएको दाबी प्रहरीको थियो । प्रहरीबाटै पुष्टि हुने भएकाले उनी इन्काउन्टरमै मारिएको घटना बाहिर आयो ।

धादिङका नेता राजेन्द्र पाण्डेले सदनमै उक्त घटनाको छानबिन माग गरे पनि पार्टी नेतृत्व र गौतमले चासो नदेखाएपछि रोकियो । प्रहरीले जानी–जानी कसैलाई मार्न नपाउने भन्दै पाण्डेले बाँच्न पाउने हक कुण्ठित गरेको जिकिर गरे । केही महिनापछि उक्त घटना छानबिनको मुद्दा नै सेलायो ।

यसको एक वर्षपछि २०७२ भदौ ३ गते अर्का गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेु घरमै प्रहरी इन्कान्टरमा मारिए । सामाखुसीस्थित घरमा प्रहरी ‘टारगेट’मा परेका घैंटेलाई उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत घोषित गरिएको थियो । तत्कालीन एसएसपी सर्वेन्द्र खनाल (हाल डीआईजी) नेतृत्वको महाशाखाले घैंटे इन्कान्टरको नेतृत्व गरेको थियो ।

कांग्रेससँग आबद्ध घैंटे आफूलाई सुधार्ने प्रयास गरेको बताइरहे पनि भित्र–भित्र आपराधिक गतिविधिमै थिए । कांग्रेस नेता जगदीशनरसिंह केसीले प्रहरीले ‘हिरो’बन्न उनको हत्या गरेको अरोप लगाएका थिए ।

Check Also

सातै प्रदेशमा एआइजी खटाउने तयारी

भदौ ४। प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *