Home / News / प्रवास / क्यालिफोर्नियामा नेपाली लायन्स क्लबको संयुक्त पदस्थापन

क्यालिफोर्नियामा नेपाली लायन्स क्लबको संयुक्त पदस्थापन

क्यालिफोर्निया । चार वटा नेपाली लायन्स कल्बहरुको संयुक्त पदस्थापना जुलाई ३० मा क्यालिफोर्निया, हेवार्डमा सम्पन्न भएको छ । क्यालिफोर्निया लायन्स डिस्ट्रिक ४ सी–३ मा रहेका लायन्स क्लब अफ बर्कली अन्नपूर्णा, फ्रिमण्ट सगरमाथा, बर्कली मकालु, सानलियन्ड्रो मनकामनाले पदस्थापनसँगै नयाँ नेतृत्व पाएको छ । नेतृत्व प्राप्त गरेका लायन्स क्लब अफ बर्कली अन्नपूर्णामा कौशल जेबी राणा, फ्रिमण्ट सगरमाथामा गगन पाण्डे, बर्कली मकालुमा बिजय तण्डुकार र सानलियन्ड्रो मनकामनामा गोपाल बस्नेतलाई भूतपूर्व काउन्सिल चियर डेनी ग्रोट्रियनले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रमुख अतिथि डिस्ट्रिक ४ सी ३ का गभर्नर राजेन थापाले नेतृत्व प्राप्त गरेका सबैलाई बधाई दिँदै आगामी कार्यकालका लागि शुभकामना दिएका थिए । थापाले नयाँ नेतृत्वलाई उल्लेखनीय सेवा गर्न आग्रहसमेत गरे । कार्यक्रममा थापाले उल्लेखनीय सेवा र सहयोग पु¥याएका लायन्सहरुलाई आफ्नो पीन, मायाको चिनो र पुरस्कारसमेत प्रदान गरेका थिए । नेपाली सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत नेपाली तथा अमेरिकी समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । हाल यस क्षेत्रमा आठ वटा नेपाली समुदायका लायन्स क्लब स्थापना भइसकेका छन् ।

जुलाई महिनामै अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि बर्कली लालीगुराँस, अल्बानी फोकस एकाउन्ट, सन्निभेल सगरमाथा गरी तीन वटा क्लबको स्थापना भइसकेको जानकारी गभर्नर थापाले दिए । हरेक वर्ष प्रदान गर्दै आएको ‘लायन अफ द इयर २०१७’को उपाधि यस पटक क्लबका भूतपूर्व अध्यक्ष धु्रव थापालाई प्रदान गरियो । कार्यक्रममा हालै स्थापना भएको दुई वटा क्लबका अध्यक्षहरुलाई चार्टर सर्टिफिकेटसमेत गभर्नर थापाले प्रदान गरेका थिए ।

त्यसैगरी धुर्मुस–सुन्तली फाउण्डेशन, पवित्र सेवा समाज र स्थानीय नेपाली कम्युनिटी सेन्टरलाई समेत संयुक्तहरुका तर्फबाट आर्थिक प्रदान गरिएको थियो ।

Check Also

बाढीपहिरोपीडित संकलित रकम एनआरएनमार्फत पठाउने पहल

न्यूयोर्क । बाढीपहिरो पीडितका लागि अमेरिकामा संकलित राहत रकम एकमुष्ट गैरआवासीय नेपाली संघ (एनआरएन)मार्फत पठाउन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *