Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा

रमेश श्रेष्

मेरो एसाइलमको निवेदन स्वीकृति भएको ६ महिना भयो । अहिले मेरो विवाह हुने कुरा चलिरहेको छ । मेरो हुनेवाला श्रीमतीको केही पनि भिसा छैन । उनी २ वर्षअघि टुरिष्ट भिसा लिएर त्यसै बसेकी छिन् । यदि मेरो विवाह भयो भने के मैले कुनै निवेदन उनका लागि पेस गर्न सक्छु होला ? अर्थात् एसाइलीको स्टाटस उनले पनि पाउन सक्छिन् कि ? उत्तरका लागि धन्यवाद ।

– पूर्ण

एसाइलीको स्पाउस र अनडिभेज (२१ वर्ष नपुगेका) बच्चाले पनि डेरिभेटिभ एसाइलीको स्टाटस पाउने अमेरिकाको एसाइलमसम्बन्धी कानूनले व्यवस्था गरेको छ । तर, सो स्टाटस पाउनका लागि त्यस्तो नाता वा रिलेसिन प्रिन्सिपल एसाइलीको एसाइलम एप्लिेकसन स्वीकृत हुनुअगावै स्थापित भइसकेको हुनुपर्नेछ । अर्थात् एसाइलम एप्लिकेसन एप्रुभ हुनुअगावै वैवाहिक सम्बन्ध कायम भइरहेको हुनुपर्नेछ । एसाइलम एप्लिकेसनको एप्रुभलपछि विवाह भई स्पाउजल सम्बन्ध कायम भएको अवस्थामा सो स्पाउसले डेरिभेटिभ एसाइली स्टाटस पाउन सक्दैन । त्यसैले तपाईंको केसमा तपाईंको श्रीमतीले डेरिभेटिभ एसाइली स्टाटस तपाईंमार्फत पाउन सक्नुहुन्न । तर, तपाईंले ग्रीनकार्ड पाइसकेपछि तपाईंको श्रीमतीलाई फेमिली पेटिसन फाइल गर्न सक्नुहुनेछ । तर, तपाईंको श्रीमती आउट अफ स्टाटस भएकाले तपाईंको युएस सिटिजनसिप भएपछि मात्र उहाँले ग्रीनकार्ड पाउन सक्नेछन् ।

म युएस सिटिजन हुँ । मैले एक नेपाली युवतीसँग विवाह गरेको छु । मैले इमिग्रेसन पेटिसन प्रोसेस गरेर २ महिनाअघि उसको अन्तरवार्ता काठमाडौंको युएस एम्बेसीमा पनि भयो । एम्बेसीले एड्मिनिस्ट्रेटिभ प्रोसेसिङ भनेर केही जबाफ अहिलेसम्म दिएको छैन । के गर्ने होला ? र, कसरी भिसा प्राप्त गर्न सकिन्छ होला ? जबाफका लागि धन्यवाद ।

– डी.के.

साधारणतया एम्बेसीमा भिसा इन्टरभ्युउ भइसकेपछि तीन कुरा हुन सक्छ– १) भिसा एप्रुभ गरी पासपोर्ट लिनका लागि डेट दिनेछ, २) एडिसनल डकुमेन्ट्स माग्न सक्छ, वा ३) एड्मिनिष्ट्रेटिभ प्रोसेसिङमा राख्न सक्छ । कुनै पनि भिसा एप्लिकेसनलाई अन्तरवार्तापछि एड्मिनिष्ट्रेटिभ प्रोसेसिङ (एपी) मा राखेपछि कति समयभित्र एपी कम्प्लिट हुन्छ भनने कुनै नियम वा पोलिसी छैन । अहिलेसम्म देखिएको प्राक्टिसमा एभरेजमा दुई महिनादेखि १ वर्षसम्म पनि भिसा एप्लिकेसन पेन्डिङ भएको देखिएको छ । कुनै पनि भिसा एप्लिकेसन (एपी)मा रहने कारण (केस–बाई–केस) कुने पनि हुन सक्छ । ब्याकग्राउण्ड चेकदेखि भिसा एप्लिकेसनको जेन्युननेस कुनै पनि हुन सक्छ । तपाईंको केसमा समयसमयमा युएस कन्सुलेट, काठमाडौंमा इन्क्वायरी गर्न सुझाव छ ।

Check Also

वकिलसँग कानुनका कुरा

मेरो श्रीमान् युएस सिटिजनद्वारा स्पोन्सर भएर ग्रीनकार्ड पाएर अमेरिका आएको डेढ वर्ष भयो । मलाई …

Leave a Reply

Your email address will not be published. Required fields are marked *