Home / News / पत्रपत्रीकाबाट / स्वार्थ पूरा गर्न पेट्रोलपम्प सञ्चालक फेरि हड्तालमा

स्वार्थ पूरा गर्न पेट्रोलपम्प सञ्चालक फेरि हड्तालमा

साउन २६ । पेट्रोलपम्प सञ्चालकले निजी स्वार्थ पूरा गर्न आजदेखि देशभर हडताल सुरु गरेका छन् । आयल निगमबाट तोकिएभन्दा कम तेल पाइरहेको दाबी गर्दै पम्प सञ्चालकले उपभोक्तालाई दुःख दिने गरी हडताल सुरु गरेका छन् । नयाँपत्रिकामा समाचार छ ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अगुवाइमा बिहीबारदेखि देशभरका २ हजार १ सयभन्दा बढी पम्पले निगमको डिपोबाट पेट्रोल नउठाउने बताएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले तिरेको पैसाबराबर तेल पाउनका लागि बाध्य भएर हडताल गर्नुपरेको बताए ।

‘२६ साउनबाट देशभर रहेका निगमको डिपोबाट पेट्रोल खरिद गरिनेछैन,’ उनले भने, ‘त्यसपछि शीघ्र समस्या समाधान नभए देशभरका पेट्रोलपम्पबाट २९ साउनदेखि पेट्रोल र डिजेल खरिद गर्दैनौँ । ३१ साउनबाट बिक्री–वितरणसमेत ठप्प पार्नेछौँ ।’ माग पूरा गराउन सुरुमा पेट्रोल मात्रै डिपोबाट खरिद र वितरण गर्ने उनले बताए ।

Check Also

सातै प्रदेशमा एआइजी खटाउने तयारी

भदौ ४। प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *