Home / News / पत्रपत्रीकाबाट / प्रहरीसँग वन तस्करको डरलाग्दो कनेक्सन

प्रहरीसँग वन तस्करको डरलाग्दो कनेक्सन

साउन २६। दाङको देउखुरी क्षेत्रको चुरेमा तस्करसाग प्रहरीको डरलाग्दो साँठगाँठ रहेको पाइएको छ । नेपाल समाचारपत्रमा समाचार छ । वन संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङले सो कुरा जनाएको छ ।

संस्थाका अध्यक्ष उमाकान्त पन्तले ५ सयभन्दा बढी सामुदायिक र राष्ट्रिय वन रहेको देउखुरी क्षेत्रमा तस्करले प्रहरीसँग सेटिङ गरी अबैधरुपमा वन विनाश गरिरहेको जानकारी दिनुभयो । जिल्लाको देउखुरीका राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा गैरकानुनी तरिकाले काठ चोरी निकासी भइरहेको उहाँले बताउनुभयो । जिल्लाको पश्चिमी र देउखुरी क्षेत्र काठ तस्करीको अखडाको रुपमा चिनिन्छ । बालुवा तथा ढुंगा लोड गर्ने ट्र्याक्टरमासमेत लुकाएर काठ चोरी–निकासी भइरहेको छ ।

Check Also

सातै प्रदेशमा एआइजी खटाउने तयारी

भदौ ४। प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *