Home / News / प्रवास / अनलक्की आर्यन

अनलक्की आर्यन

पाँचौं पटक पनि लागेन अमेरिकाको भिसा

नामकै कारण नेपाली चलचित्रका चकलेटी हिरो आर्यन सिग्देलको पाँचौं पल्ट पनि अमेरिकाको भिसा लागेन । नेपाली नागरिकता र पासपोर्टको नाम हरिश सिग्देल नाम भएका आर्यनको खुबिलिटीलाई नामैले गर्दा थाहा नपाएपछि अमेरिका जाने भिसा नपाएको हुनुपर्ने आशंका गरिएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले आर्यनलाई अमेरिका आउन भिसा नदिएको बारेमा खासै कारण खुलाएको छैन । आगामी अगष्ट १९ तारिखमा अमेरिकाको कोलोराडोमा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’का लागि आर्यनले नेपालस्थित अमेरिकी राजदूतावासमा भिसा आवेदन दर्ता गरेका थिए । तर, उनले अमेरिका जानका लागि अनुमति पाएनन् ।

अमेरिकाको भिसा नपाउनेमा आर्यनसँगै अभिनेत्री सुरबिना कार्की, अभिनेता आयुस रिजाल, कोरियोग्राफर कविराज गहतराज, गायक तथा संगीतकार ताराप्रकाश लिम्बु लगायत छन् । ग्लोबल नेपाली फिल्म अवार्डका नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लका अनुसार अमेरिका जान भिसा पाउने कलाकारहरुमा अनमोल केसी, टिका पहारी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, रविन्द्र खड्का, नवल खड्का, सत्यकला राई लगायत रहेका छन् ।

यो अवार्डका लागि कलाकार र प्राविधिकसहित करिब ४० जनाको टोली यही साउन ३० गते अमेरिका जाने भएको छ ।

Check Also

बाढीपहिरोपीडित संकलित रकम एनआरएनमार्फत पठाउने पहल

न्यूयोर्क । बाढीपहिरो पीडितका लागि अमेरिकामा संकलित राहत रकम एकमुष्ट गैरआवासीय नेपाली संघ (एनआरएन)मार्फत पठाउन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *