Home / News / अन्तर्राष्ट्रिय / विश्व तापमान वृद्धिले कृषि उत्पादन प्रभावित

विश्व तापमान वृद्धिले कृषि उत्पादन प्रभावित

खाद्यान्नमा प्रोटिनको मात्रा कमी, दक्षिण एसियामा बढी असर

मियामी, (एजेन्सी) । विश्व तापमान वृद्धिसँगै कार्बनडाइअक्साइडको बढ्दो प्रभावका कारण दैनिक उपभोग्य चामल, गहुँजस्ता कृषि उत्पादनमा पाइने प्रोटिनको मात्रामा पनि कमी आउने अनुसन्धानले जनाएको छ । यसै हप्ता सार्वजनिक एक अध्ययन प्रतिवेदनले खाद्यान्न प्रयोगका दृष्टिले अति संवेदनशील मानिने गरिबी तथा अशिक्षाको मार खेप्दै आएका जनसंख्याबीच खाद्यान्नमा पाइने प्रोटिनमा कमी आउँदा शारीरिक विकासमा समस्या उत्पन्न हुने तथा अल्पायुमा नै मृत्यु हुने विज्ञहरूले चेतावनी दिएका छन् ।

अनुसन्धानकर्ताले कार्बन डाइअक्साइडले कसरी र किन कृषि उत्पादनमा रहेको प्रोटिन तथा अन्य पोषण नष्ट गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । तर, यो नै विश्वभरि रहेको जनसंख्याको विनाशको परिणाम बन्ने रहस्य अनुसन्धानले बताएको छ । वातावरणमा कार्बन डाइअक्साइडको बढ्दो मात्राका कारण सन् २०५० सम्ममा विश्वभर करिब १५ करोड थप जनसंख्यामा प्रोटिनको कमी देखिने ‘इन्भारोन्मेन्टल रिसर्च लेटर्स’ नामक जोर्नलमा प्रकाशित हार्वर्ड युनिभर्सिटीको अध्ययन प्रतिवेदनमा बताइएको हो । यो समूहले पहिलो पटक विश्वव्यापी तापमान वृद्धिका कारण खाद्य बालीमा रहेको प्रोटिनको परिणाम निर्धारणमा अध्ययन गर्ने जिम्मेवारी पाएको थियोे ।

उक्त समूहले खुला क्षेत्रमा गरिएको परीक्षणलाई आधार मान्दा कार्बन डाइअक्साइड बोटबिरुवामा बढी केन्द्रित हुने र यसको असर खाद्यान्न बालीमा पनि परेको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघको विश्व पोषण सूचना केन्द्रलाई कार्बन डाइअक्साइडको कृषि बालीबाट प्राप्त हुने पोषण तत्वमाथि पर्ने असर अध्ययन तथा मापन गर्न आधार बनाइएको र अध्ययनले खाद्यान्न बालीमा हुने प्रोटिनको कमीले गर्दा शारीरिक विकास र अल्पायुमा मृत्यु हुने जनाएको होे । यसभन्दा पहिले गरिएका विभिन्न अधययनले कार्बन डाइअक्साइडका कारण खाद्यान्न बालीमा आइरन, जिङ्कजस्ता मिनरलको मात्रामा पनि कमी आएको उल्लेख छ ।

दक्षिण एसियाको आर्द्रतामा खतरनाक वृद्धि

विश्वको ५ भागमध्ये एक भाग जनसंख्या रहेको दक्षिण एसियामा यसै शताब्दीको अन्त्यसम्ममा मानव जाति बाँच्नै गाह्रो हुन सक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।

विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए सन् २१०० सम्ममा उक्त संकट आइपर्ने देखिएको जोर्नल साइन्स एडभान्सेसको अनुसन्धानले देखाएको हो ।

उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको सामना भारत, पाकिस्तान र बङ्गलादेशको ठूलो क्षेत्रले भोग्नुपर्ने वैज्ञानिकहरू बताउँछन् । उक्त अध्ययनमा संलग्न वैज्ञानिकले उक्त खतरनाक तापलहरको जोखिम विश्वका झण्डै ३० प्रतिशत मानिसमा पर्नसक्नेछ ।

Check Also

कालो धन राखेकोमा दोषी ठहर भएपछि नवाजको राजिनामा

इस्लामावाद, साउन १३ पाकिस्तानको सर्र्वोच्च अदालतले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई विदेशमा कालोधन राखेकोमा दोषी ठहराएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *