Home / News / प्रवास / एनआरएन अमेरिकाले सदाका लागि विवाद अन्त्य गर्न बनायो समिति

एनआरएन अमेरिकाले सदाका लागि विवाद अन्त्य गर्न बनायो समिति

अमेरिका । गैरआवासीय नेपाली संघ अमेरिकाभित्र भविष्यमा कुनै पनि प्रकारका प्राविधिक विवाद नआओस् भन्दै वर्तमान समितिले इतिहास केलाएर स्पष्ट प्रतिवेदन पेस गर्न तीन सदस्यीय समिति निर्माण गरेको छ । अगष्ट १० तारिख बिहीबार साँझ अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा बसेको राष्ट्रिय समिति अमेरिकाको बैठकले पटक–पटक प्राविधिक विवाद देखिएपछि एनआरएन अमेरिका कमजोर बन्न पुगेको महसुस गर्दै भविष्यमा कुनै पनि त्यस्ता प्रकारका प्राविधिक समस्या नआउने गरी इतिहास केलाएर स्पष्ट रिपोर्ट पेश गर्ने उद्देश्यले कानून व्यवसायी तथा पूर्वअध्यक्ष खगेन्द्र जिसी, सल्लाहकार डा. यादब पण्डित तथा रसायन शास्त्रका प्रोफेसर डा. रमेश पन्तसहितको समिति निर्माण गरेको हो ।

‘एनआरएन अमेरिकाको स्थापना, यसको नेतृत्वका विषयमा एनआरएन अभियन्ताहरुले आफूखुसी व्याख्या गर्न थालेपछि समस्याहरु थपिन पुगेको महसुस गर्दै भविष्यमा अब यस्ता समस्या नदोहोरिउन् भनेर इतिहास स्पष्ट पार्न हामीले समिति निर्माण गरेका हौं,’ अध्यक्ष केशव पौडेलले प्रष्ट्याए । उनका अनुसार यस्तो किसिमको प्राविधिक विवाद अहिले गौरीराज जोशीजीको विषयमा आयो, यो भविष्यमा पनि आउन सक्ने भएकाले यस प्राविधिक समस्याको निदानका लागि समिति गठन गरेका हौं ।

यही महिनाको ११ र १२ तारिख निर्वाचनको मिति तोकिएको एनआरएन अमेरिकामा अध्यक्ष पदका प्रत्यासी गौरीराज जोशीको उम्मेदवारी योग्यताका कारण विवाद बढ्दै जाँदा निर्वाचन समितिले जोशीले एक कार्यकाल स्पष्टरुपमा काम गरेको प्रमाण पेश गर्न नसकेको कारण देखाउँदै अध्यक्षमा चुनाव लड्न अयोग्य ठह¥याएपछि जोशी र महासचिवका उम्मेदवार पूर्ण बानियाले अदालतमार्फत निर्वाचन रोक्का गराएका थिए ।

निर्वाचनमा भाग लिन विधानअनुसार योग्य हुनुपर्ने भए पनि व्यक्तिअनुसार योग्यता पुष्टि गर्ने प्रचलन बढेपछि एनआरएन अमेरिकाले यस्ता समस्याहरुको निदान नै गर्ने उद्देश्यले समिति निर्माण गरेको स्रोतको दाबी छ । स्रोत भन्छ– ‘एनआरएन अमेरिका एएनएको एउटा हिस्सा र न्याक मिलेर बनेको भन्ने सुनिन्छ । त्यतिबेला न्याकमा को–को थिए, एएनएमा को–को थिए, आवश्यक परेका बेला आफूखुसी व्याख्या गर्ने प्रचलन बढ्यो त्यसैले अब एनआरएन अमेरिकाको स्पष्ट इतिहास बनाएर राख्नुपर्ने भएको छ । यस पटकलाई हेरेर मात्र होइन भविष्यलाई हेरेर यो समिति बनाएका हौं । समितिलाई यथाशक्य छिटो रिपोर्ट बुझाउनसमेत कार्यसमितिको निर्णयले अनुरोध गरेको छ ।’

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *