Home / News / समाचार / अविरल वर्षाको प्रभाव कलैयामा पनि, बजार पूरै डुबानमा

अविरल वर्षाको प्रभाव कलैयामा पनि, बजार पूरै डुबानमा

साउन २८ । बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण बारा जिल्लाको सदरमुकाम कलैया लगायत जिल्लाका अधिकांश भूभाग जलमग्न भएको छ ।

बर्षाका कारण सदरमुकाम कलैयाको बजारक्षेत्र डुबानमा परेकाले स्थानीयय त्रसीत भएका छन् । अबिरल बर्षाले अधिकांश सडक डुबानमा पर्दा हिडडुन गर्ने मानिस र साना सवारी साधनलाई समस्या परेका छ । कलैया बजारमा रहेका घरहरुमा पानी पस्न थाले पछि स्थानीय त्रसित भएका छन् ।

नगरपालिकाले पानीको निकास हुने गरी उचित नालाको व्यवस्था नगर्दा बजार जलमग्न भएको स्थानीय धुर्व यादबले बताए । चारैतिर बजार डुबानमा परेका कारण अहिले कलैया बजार सुनसान देखिएको यादवले बताए ।

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *