Home / News / समाचार / अबिरल वर्षका कारण सर्लाहीमा २ को मृत्यु

अबिरल वर्षका कारण सर्लाहीमा २ को मृत्यु

साउन २८ । चारदिनदेखि लगातार परेको अबिरल बर्षाका कारण घर ढलेर सर्लाहीको रहथवा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । घर ढलेर थिच्दा शनिबार बिहान रहथवा नगरपालिका स्थित मानपुरका ७५ वर्षीय किशोरी रायका मृत्यु भएको हो ।

त्यस्तै बरहथवास्थित सोती खोलामा आएको बाढीले बगाउँदा बरहथवा नगरपालिका वडा नम्बर १० निवासी १७ वर्षीय राकेश साहको डुबेर मृत्यु भएको छ । मृत्कको शव पोष्ट माटम पश्चात आफन्तको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ । बाढीले सर्लाहीको अधिकांश ठाउँको जनजीवन पनि प्रभावित भएको छ । बर्षातका कारण जिल्लाका बिभिन्न स्थानमा गरी सयभन्दा बढी घर डुबानमा परेको छ ।

बर्षातका कारण नदीमा आएको बाढी गाँउमा पस्दा जिल्लाका रामनगर बहुअर्वा, धन्कौल, सिसौट, खैरवा, मानपुर, महिनाथपुर, पिपरिया, छठौल, रामनगरलगायतका ठाउँका सयभन्दा बढी घर डुबानमा परेको हो । जिल्ला प्रसासन कार्यलयले सशस्त्र तथा नेपाल प्रहरी ठुलोमात्रामा परिचालन गरेको जनाएको छ ।

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *