Home / News / समाचार / भीमफेदीमा पहिरोले घर पुर्दा महिलाको मृत्यु

भीमफेदीमा पहिरोले घर पुर्दा महिलाको मृत्यु

साउन २८। मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा आज बिहान पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पहिरोले स्थानीय श्रीकृष्ण दानीको घर पुर्दा उनकी श्रीमती मिठु दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

उक्त घटनामा छिमेकी रुपा खड्का सामान्य घाइते भई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यसैबीच, अविरल वर्षापछि आएको बाढीले त्रिभुवन राजपथ बन्द भएको छ ।

उक्त राजमार्गको हेटौँडा–बागडोरामा बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि दुवैतर्फ ठूलो संख्यामा यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *