Home / News / समाचार / सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ

सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ

साउन २९। डडेल्धुरा जिल्ला सदरमुकामस्थित एक होटेलबाट प्रहरीले नौजना जुवाडे पक्राउ गरेको छ ।

अमरगढी नगरपालिका–५ कीर्तिपुर नजिकै रहेको मित्र होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । जुवा खेलिरहेको अवस्थामा जिप्रका डडेल्धुराको विशेष टोलीले उनीहरुको साथबाट रु चार हजार ७० समेत फेला पारेको हो । पक्राउ पर्नेमध्ये अधिकांश व्यक्ति जिल्लाका सरकारी कार्यालयका कर्मचारी रहेको प्रहरीको भनाई छ । जुवाडेलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान थालेको छ ।

चाडपर्व नजिकिएसँगै डडेल्धुराको बागबजारमा खुलेआम जुवातास खेल्ने र खेलाउनेको संख्या बढेको पाइन्छ । पछिल्लो समयमा प्रहरीले जुवातास नियन्त्रणमा सक्रियता बढाएको छ ।

जिप्रका डडेल्धुराले जिल्लाका विभिन्न स्थानमा दैनिक भइरहेको लाखौँको जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाएको हो ।
जिल्लाका ग्रामीण भेगमा रहेका प्रहरी चौकीलाई पनि जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाउन निर्देशन दिइएको जिप्रका डडेल्धुराले जनाएको छ ।

Check Also

घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकियो

भदौ ५। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *