टीपीएसको म्याद सकिए नेपाल फर्किनुपर्छ ?

टीपीएसको म्याद सकिए नेपाल फर्किनुपर्छ ?

रमेश श्रेष्ठ

मैले असाइलमको निवेदन पेश गरेपछि पेन्डिङ अवस्थामा थियो । त्यही बेला नेपालका लागि टीपीएस खुलेको र ज्याक्सन हाइट्सको एक सामाजिक संस्थाले निशुल्क सेवा प्रदान गरेको थियो । उक्त संस्थाका अधिकारीहरुले सुझाव दिएअनुसार असाइलम गरेर सो निवेदन विचाराधीन अवस्थामा भए पनि टीपीएस गर्न मिल्छ र असाइलम निवेदनलाई केही पनि असर पर्दैन भनेकाले टीपीएसको निवेदन पेश गरें । दोस्रो पटक पनि टीपीएस नवीकरणका लागि खुलेपछि सोही संस्थामा गई टीपीएस नवीकरण गरें । गएको ३ हप्ताअघि मेरो असाइलमको निवेदनको अन्तरवार्ता भयो । गत हप्ता निर्णय लिन गएँ । अध्यागमनका अधिकारीले मेरो निवेदन स्वीकृत नभएको र मेरो टीपीएसको म्याद कायम नै रहेकाले अन्तिम निर्णय भनी निवेदन अस्वीकृत गरिदियो । अहिले मलाई थाहा भयो कि मेरो केस अब इमिग्रेसन अदालत नजाने हुन्छ रे र टीपीएसको म्याद सकिएमा नेपाल फर्कनुपर्छ रे ? यो के सत्य हो ? यदि हो भने के मैले कुनै अन्य उपाय गरेर पुनः असाइलमको निवेदन पेश गर्न सक्छु होला ? सुझावका लागि धन्यवाद ।

– पुकार, न्यूयोर्क

 

कुनै पनि मुलुकका लागि अमेरिकी सरकारले टीपीएसको सुविधा प्रदान गरेको छ भने उक्त मुलुकका नागरिकहरुले अन्य शर्तहरु पूरा गरेको खण्डमा जेजस्तो स्टाटस (वैध वा अवैध) जे भए पनि टीपीएसको निवेदन पेश गर्न सक्नेछन् । नेपाललाई टीपीएस खुलेका बेलामा नपाली नागरिकहरुले पनि लिगल वा इलिगल जुनसुकै स्टाटसमा भए पनि टीपीएसको निवेदन पेश गरी उक्त सुविधा तथा टीपीएसको स्टाटस टीपीएसको अवधिसम्मका लागि प्राप्त गर्न सक्नेछन् । अध्यागमनको कानूनअनुसार टीपीएस प्राप्त गरेपछि उक्त व्यक्तिलाई अमेरिकामा लिगल स्टाटसमा भएसरह मानिनेछ । त्यसैगरी लिगल स्टाटसमा भएका विदेशी नागरिकहरुलाई डिपोर्टेसन प्रोसिडिङमा राखी कारबाही गर्न नमिल्ने हुन्छ । त्यसैले तपाईंले टीपीएसको स्टाटस प्राप्त गरेपछि विगतमा तपाईंको इमिग्रेसन स्टाटस समाप्त भएको वा इलिगल भएको भए तापनि तपाईं अमेरिकामा कानूनतः रुपमा रहेको मानिनेछ । त्यसैले तपाईंको असाइलमको निवेदन असाइलम अफिसले अस्वीकृत गरे तापनि तपाईं टीपीएसमा रही कानूनीरुपमा स्टाटसमा रहनुभएकाले तपाईंलाई डिपोर्टेसनको कारबाहीका लागि भनी इमिग्रेसन अदालतमा पठाउन नमिलेकाले तपाईंको असाइलमको निवेदनलाई अन्तिम रुपमा अस्वीकृत भनी तपाईंको केसलाई बन्द गरिएको हो ।

तपाईंको असाइलमको केस पूर्णरुपमा बन्द भए पनि टीपीएस स्टाटस रहुन्जेल तपाईंलाई कुनै पनि समस्या हुने छैन । तर, तपाईंको असाइलमको केस पूर्णरुपमा अस्वीकृत भएकाले अर्को नयाँ निवेदन पेस गर्न वा रिओपन गर्न सकिने छैन । नयाँ निवेदन पेश गर्ने विषयमा यदि नेपालको अवस्थामा आमूल परिवर्तन आई सो परिवर्तन तपाईंको जिउ ज्यानका लागि खतरापूर्ण हुने भएको खण्डमा, देशको परिवर्तित अवस्थाको आधारमा नयाँ निवेदन पेश गर्न सक्नुहुनेछ । तर, अहिलेको अवस्थामा भने टीपीएसबाहेक तपाईंको अन्य कुनै उपाय नभएको देखिन्छ । तर, असाइलमको बाहेक अन्य तरिकाबाट ग्रीनकार्ड प्राप्त गर्ने अवस्था भए टीपीएस समाप्त हुनुअगावै त्यसप्रति विचार पु¥याउन सुझाव छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा