विश्वसन्देश टिमलाई धन्यवाद

विश्वसन्देश टिमलाई धन्यवाद

रमेश श्रेष्ठ

 

कानूनी कुरामार्फत महत्वपूर्ण कानूनी सल्लाह सुझाव उपलब्ध गराइदिनुभएकोमा विश्वसन्देश टिमलाई धेरैधेरै धन्यवाद । मैले लगभग ६ महिना अगाडि ग्रीनकार्ड होल्डरको नाताले मेरो श्रीमती (जो बी–२ भिजिटर भिसामा थिइन्)का लागि आई–१३० पेटिसन फायल गरेको थिएँ । गत महिना म युएस सिटिजन भएपछि युएससीआईएसलाई जानकारी गराई पेन्डिङ आई–१३० पेटिसनलाई इमेडियट रिलेटिभ अफ युएस सिटिजनमा परिवर्तन गरिसकेको छु । अहिले मेरो श्रीमतीको भिजिटर भिसा समाप्त भएको ५ महिना बितिसक्यो र हालको आउट अफ स्टाटस अवस्थामा मैले उनका लागि आई–४८५ निवेदन पेश गर्न मिल्छ कि मिल्दैन । यसबारे पूर्ण जानकारी पाए निकै आभारी हुने थिएँ ।

– सुरेन गिरी, भरमन्ट

 

विश्व सन्देशबाट प्रकाशित हुने कानूनी स्तम्भको नियमित पाठक हुनुभएकोमा धन्यवाद । अध्यागमन कानूनअनुसार अमेरिकी नागरिकहरको अति निकटका नातेदारहरु अर्थात् श्रीमान्–श्रीमती नाबालक छोराछोरीहरु र बुबाआमाहरुलाई उक्त अमेरिकी नागरिकले ग्रीनकार्डका लागि निवेदन युएससीआईएसमा पेश गर्न सक्नेछन् । यी निकटका नातेदारहरुको आई–४८५ निवेदन पेश गरेका बेलामा वैध भिसा भए–नभए, जे भए पनि यदि उनीहरु कानूनी तवरबाट भिसा प्राप्त गरी अध्यागमनका अधिकारीहरुले अमेरिका प्रवेश गरेका बेलामा इन्सपेक्सन गरी एड्मिसन गरेको खण्डमा उहाँहरुले अमेरिकी नागरिकको नजिकको नातेदार वा इमेडियट रिलेटिभको आधारमा स्थायी बासिन्दा अर्थात् पर्मानेन्ट रेसिडेन्ट प्राप्त गर्न सक्नुहुनेछ ।

तपाईंको केसमा तपाईंको श्रीमतीले बी–२ वा भिजिटर भिसा लिई अमेरिकामा प्रवेश गर्नुभएकोले उहाँ इन्सपेक्टेड र एड्मिटेड हुनुहुन्छ । त्यसैले अहिले भिसा गुजारेर बसिरहनु भए तापनि पनि उहाँको स्टाटस एडजष्ट गरी ग्रीनकार्ड प्राप्त गर्न सक्नुहुनेछ । त्यसैले अहिले तपाईंले अमेरिकी नागरिकता प्राप्त गरी सो आई–१३० पेटिसनलाई प्रिफरेन्स रिलेटिभ (एफ२ए) बाट इमेडियट रिलेटिभ (आईआर)मा परिवर्तन गरी सक्नुभएकोले उक्त आई–३० पेटिसन स्वीकृत नभई पेन्डिङ वा विचाराधीन रहेको अवस्थामा भए पनि तपाईंको श्रीमतीले आई–४८५ एप्लिकेसन युएससीआईएसमा पेश गर्न स्क्नुहुनेछ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा