टप मोडल वरल्डवाइडमा चौहान

टप मोडल वरल्डवाइडमा चौहान

काठमाडौं । ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान आगामी चैत २० गते बेलायतको लण्डनमा हुने ‘टप मोडल वल्र्डवाइड २०१८’ मा सहभागी हुने भएका छन् । संसारभरका मोडल सहभागी हुने उक्त प्रतियोगितामा ४० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिस्पर्धा गर्न पाउँदा निकै गर्व लागेको प्रतियोगी चौहानले बताएका छन् । सन् २०१६ देखि मोडलिङ शुरु गरेका २९ वर्षीय वीरगञ्ज, पर्सा निवासी चौहान हाल काठमाडौंमै रहेर आफ्नो मोडलिङ करिअरलाई अगाडि बढाइरहेका छन् । उनी ‘म्यानहन्ट इन्टरनेशनल नेपाल २०१६’का मिष्टर पर्सनालिटीसमेत हुन् । उनले नेपाली चलचित्र ‘पर्व’मा समेत अभिनय गरेका छन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा