म प्राग्म्याटिक मान्छे हुँ, काम गरेर देखाउने छुः प्रभातराज सापकोटा

म प्राग्म्याटिक मान्छे हुँ, काम गरेर देखाउने छुः प्रभातराज सापकोटा

अमेरिकामा नेपाली विद्यार्थीको संख्या ४८ हजार रहेको अनुमान छ । यहाँका विद्यार्थीलाइ संगठित गर्दै उनीहरुले सिकेका सीप नेपालको हितमा प्रवद्र्धन गर्ने उदेश्यले नेपाल विद्यार्थी संघले अमेरिका शाखा स्थापना गरिसकेको छ । प्रस्तुत छ नेपाल विद्यार्थी संघ, अमेरिकाका नवनियुक्त संयोजक, प्रभातराज सापकोटासंग गरिएको कुराकानीः
तपाई नेपाल विद्यार्थी संघ, अमेरिकाको संयोजक नियुक्त हुनु भएको छ । कस्तो महशुस भएको छ ?
नेपालबाट आएर अमेरिकाका विभिन्न राज्यका विश्विविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको बीचमा एकता कायम गरि, एकआपसमा अवसरहरु र अनुभवहरुको आदनप्रदान गर्नुका साथै हामीले यहाँ सिकेको सीपलाइ नेपालको हितमा कसरी उपयोग गर्न सकिन्छ भन्ने सम्भावनाको खोजी गर्ने उदेश्यले मलार्इ यो जिम्मेवारी दिइएको हो ।  

 

अमेरिकामा नेविसंघको संरचना विद्यमान रहेकै अवश्थामा फेरि तपाइलार्इ नियुक्ति गरेर नेविसंघले आफ्नै पुरानो संरचनामा किन धावा बोलेको ?

यो बिषयमा मैले बोल्नु आवश्यक ठान्दिन । यो हाम्रो केन्द्रीय नेतृत्वले विश्लेषण गरेर निर्णय गरेको कुरा हो । अमेरिका जस्तो अपार सम्भावना भएको मुलुकमा आफ्नो संगठन प्रभावकारी ढंगले चलोस् भन्ने अपेक्षा कुनै पनि संस्थालार्इ हुन्छ । म नेपालमा स्कुल जीवनदेखि नै नेविसंघमा सक्रिय भूमिका निर्वाह गरेको मानिस हुँ । आजसम्म पनि औपचारिक, अनौपचारिक हिसाबले मैले संगठनमा सकेको योगदान दिदै आएको छु । अर्को महत्वपुर्ण कुरो यो विद्यार्थीको संगठन हुनाले यसको नेतृत्वकर्ता पनि विद्यार्थी नै हुन जरुरि छ । म विद्यार्थीकै रुपमा अमेरिका आएको हुँ, आज पनि विश्वविद्यालयमा रिसर्च लेवलको विद्यार्थी छु । म अमेरिकाको विद्यार्थीहरुको वास्तविक अवस्था राम्रोसंग जान्दछु । यीनै  कारणले मलार्इ जिम्मेवारी  दिने निर्णय गरेको हो भन्ने लागेको छ ।

अमेरिका जस्तो मुलुकमा नेपालको विद्यार्थी संगठनको औचित्य के रहन्छ र तपार्इको योजना के–के छन् ?

यो ज्यादै महत्वपुर्ण सवाल हो, तर म के प्रस्ट पार्न चाहन्छु भने हामी विद्यार्थी माझ राजनीति चर्काउन शाखा खोलेका होइनौ । म खादा लगाउन संयोजक बनेको पनि होइन । म प्राग्म्याटिक मान्छे हुँ । म सोसियो एजुकेशनल पोलिटिक्स गर्न चाहन्छु ।  म यहाँका थिंक ट्यांकहरुसंग समन्वय गरी उनीहरुको ज्ञान, सीप र क्यालिबरलार्इ नेपालको हितमा उपयोग गर्ने सम्भावनाहरुको खोजी गर्नेछु । याहाँको एसिस्टेन्टसीप ,  शैक्षिक अवसरको बारेमा आम नेपालीलार्इ जानकारि गराउने छु समस्यामा परेका विद्यार्थीहरुलाइ सहयोग गर्ने संयन्त्र निर्माण गर्नेछु । अमेरिकामा रहेका नेपाली विद्यार्थी र नेपालबाट अमेरिका आउन चाहने विद्यार्थीलाइ शैक्षिक परामर्शको लागी उपयोगी हुने संयन्त्र पनि निर्माण गर्नेछु, जुन यहाँको कलेज छनोटदेखि लिएर अमेरिका आए पछि आइपर्ने सम्भावित समस्याहरु समााधानमा सहयोगी हुनेछ । साथै म विभिन्न विश्वविद्यालयमा रहेका नेपाली र  इन्टरनेशनल स्टुडेन्स् एसोसिएसनहरु तथा अल्मुनाइ मार्फत नेपाली विद्यार्थीहरु रिच आउट गरेर संगठन विस्तारमा खट्ने छु ।

अमेरिकामा अध्यायनरत विद्यार्थीहरुलाइ तपार्इ के सन्देश दिन चाहनुहुन्छ ?

सर्वप्रथम म यहाँ अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुमा सहयोगको लागी अनुरोध गर्दछु । नेविसंघ अमेरिकालार्इ  कुनै पार्टीको भातृ संगठनको रुपमा  मात्र नहेरिदिन आग्रह गर्दछु । बरु यो समस्त नेपाली विद्यार्थीको लागि सहयोगी र समन्वयकारी संस्था हो । यहाँ विश्वविद्यालयहरु महंगा छन् तर त्यसको समाधानार्थ विभिन्न फन्डिंगका जीएटीए एवं आरएका श्रोतहरु हुन्छन् । यो बिषयमा मैले लामो समयदेखि काम गरिरहेको छु । त्यसलार्इ हासिल गर्नका लागि म उचित परामर्श दिन तयार छु । म विद्यार्थी संघको संयोजकको नाताले निशुल्क सेवाप्रदान गर्नेछु । मलाइ मेरो फोन नं, ६४६६७१२७१३ वा इमेल, prabhatraj@gmail.com र फेसबुकमा पनि संपर्क गर्नसक्नु हुनेछ ।

तपाइलार्इ संयोजक तोकिएको छ, विधानतः अधिवेशन चाहिँ कहिले गर्नुहुन्छ ?

म हाम्रा योजनाहरु कार्यन्वयन गर्नका सर्वप्रथम सबैपक्ष समेटेर एक शसक्त टिम निर्माण गर्नेछु । यहाँको विश्वविद्यालयका विद्यार्थीहरुको माझमा पुग्ने छु र संगठित गर्ने प्रयास गर्नेछु । एक संरचना निर्मार्ण भैसकेपछि जनसंपर्कका अग्रज, सल्लाहकार र नेविसंघको केन्द्रीय नेतृत्वसंग परामर्शका आधारमा उचित समयमा अधिवेशन गरी आफ्नो जिम्मेवारी हस्तान्तरण गर्नछु ।
 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार