अन्तिम खेलमा नेपाल विजयी

अन्तिम खेलमा नेपाल विजयी

सुपर सिक्सको सपना अधुरो 

बिश्व न्यूज संबाददाता
अमेरिका । 
पाचौं विकेटका लागि रोहीत कुमार पौडेल र सोमपाल कामीले ८९ रनको योगदान गरेपछि नेपालले विश्व कप छनौटको समुह चरणको अन्तिम खेलमा हंगकगंलाई ५ विकेटले हराएको छ । अन्तिम खेलमा जीत हासिल गरेपनि अंक तालिकामा चौथो स्थानमा रहदैं नेपाल सुपर सिक्समा पुग्न भने असफल भएको छ । नेपाल रहेको समुह बी वाट जिम्बाबे, स्कटल्याण्ड र समान १ खेलमा जीत निकालेको अफगानिस्तान रन रेटमा माथि रहदैं सुपर सिक्समा छानिएको छ । 
 जिम्बाबेमा जारी विश्वकप छनौटको समुह बी मा रहेको नेपालले समुहको अन्तिम खेलमा हंगकंगलाई हराउने क्रममा रोहितकुमारले अविजित ४८ र सोमपालले अविजित ३७ रनको योगदान दिएका थिए । 
हंगकंगले दिएको १ सय ५४ रनको लक्ष्य समेत नेपालको लागि गाह्रो सावित देखिएको खेलमा रोहित र सोमपालले खेललाई नेपालको पक्षमा पुर्याएका थिए । सुरुवाती ब्याट्सम्यानहरु सस्तैमा पेवेलियन फर्किएपछि नेपाल  दबाबमा रहेको थियो । 
नेपालका लागि ज्ञानेन्द्र मल्लले १२, अनिल शाहले २६, दिपेन्द्रसिंह एैरीले १२, कप्तान पारस खड्काले ११ र आरिफ सैखले २ रन बनाएका थिए । 
टस हारेर बलिगं गरेको नेपालले हंगकंगलाई ४८ दशमलव २ ओभरमा १ सय ५३ रनमै अलआउट गरेको थियो । हंगकंगलाई अलआउट गर्ने क्रममा सन्दीप लामिछाने ३, करण केसी र बसन्त रेग्मीले समान २ तथा सोमपाल कामी र ललित नारायण राजबंशीले समान १ विकेट लिएका थिए । प्रतिउत्तरमा नेपालले लक्ष्य ४० दशमलव ४ ओभरमा ५ विकेटमा क्षतिमा भेट्टाएको थियो । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट

जनमत

नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार