मरेको बच्चा बोकेर माग्न बस्नेहरू

मरेको बच्चा बोकेर माग्न बस्नेहरू

 

योगेश आदी (Yogesh Aadi)

 

रेखा थापा न्यूयोर्कबाट नेपाल फर्किएपछि ‘न्यूयोर्कको सडकमा नेपालमा जस्तै घरबारविहीन भिखारीहरु भएको’ बताइन् । सामान्य पर्यटकले जे देख्छ त्यही उद्धृत गरिन् तर पर्यटकलाई न्यूयोर्कको सडकमा भएको अधिकांश भिखारीहरु व्यापार गरिराखेका हुन्छन् भन्ने थाहा हुँदैन । के न्यूयोर्क शहरले घरबारविहीनलाई सुधारगृह वा निशुल्क खानेबस्नेको व्यवस्था गर्न नसकेका होला ? होइन । न्यूयोर्क शहरभित्र मात्र १९ ओटा व्यस्त निशुल्क सुधारकेन्द्र छन् । प्रत्येक महिना ६५ हजार फोन कल रिसिभ गर्ने २४ घण्टे नेशनल हेल्पलाइनहरु छन् । संसारका सबैभन्दा बढी कर संकलन गर्ने र ९ प्रकारका पुलिस राख्न सक्ने शहरले पक्कै पनि सडकका भिखारीहरुलाई अन्याय गरेका छैनन् । आखिर सडकका भिखारीहरुले के व्यापार गरिराखेका छन् ?

दृश्य १– एनबीसी न्यूज च्यानलले न्यूयोर्कको व्यस्त सडकमा ‘आई–टिम’ नामक अपरेशन शुरु ग¥यो । टिमका सदस्यहरुले फरक–फरक बच्चासहित माग्न बस्ने महिलाहरुलाई निगरानी राख्यो । बच्चासहित बसेका महिलाहरुलाई सिफ्ट चेन्ज गराउन अर्को महिला आउने गरेको र अर्को ठाउँ सरेर उक्त बच्चा लिएर बस्ने गरेको भेट्यो । साथै, प्रायसः महिलाहरु लन्च टाइममा एकै ठाउँमा भेटेर खाने गरेको पत्ता लगायो । अन्त्यमा, ती महिलाहरु इष्ट न्यूयोर्कको एउटै हाउजिङमा बस्ने गरेको समेत भेटे । दिनको १५० डलर औसत बनाउने गरेका उक्त महिलाहरुले अरुको बच्चासमेत लैजाने गरेका रहेछन् । 

दृश्य २– एक ब्लगरले ‘न्यूयोर्क शहरमा बच्चा प्रयोग गरेर सडकमा नगद माग्ने गिरोह हुन्छ’ भन्ने सुनेपछि एक महिलामाथि निगरानी राख्यो । आफू बिहान ट्रेनमा आउँदा–जाँदा पनि सधैं बच्चा सुती नै राखेको देखेपछि नजिक गएर बच्चा नियाल्यो । अर्को दिन सोही महिला अर्को बच्चा लिएर आयो, तर सो बच्चा पनि सुतिराखेकै थियो । दिनभर पनि बच्चा उठेन । पछि उसले उक्त महिलासँग नजिक भएर सबै कुरा खोतल्दै जाँदा बच्चालाई हिरोइन दिएर सुतेको सुत्यै पारेको हुने तथ्य पत्ता लगायो । उक्त महिलाबाटै उसले कतिपय महिलाले मृत बच्चासमेत लिएर आउने खुलासा गरेको दर्दनाक घटना आफ्नो आर्टिकलमा लेखेका छन् ।

दृश्य ३– शहरको मुख्य–मुख्य ट्राफिक जाम हुने ठाउँमा माग्न बस्ने भिखारीहरुको एरिया हुने गर्दछ । एउटा एरियाको भिखारी अर्को एरियामा गए वा कुनै नयाँ भिखारी अरुको ठाउँमा आएमा कुटाकुटसमेत हुने गर्दछ । एउटा झगडामा एउटा भिखारीले अर्को भिखारीको बारेमा ड्रग बेच्ने गरेको तथा चोर्ने गरेको समेत पोल खोलाखोल गरेको थियो । यसबाट अनुमान लगाउन सकिन्छ कि माग्नेहरु सेल्टरमा ड्रग खान नपाउने कारणले गर्दा जान चाहँदैनन् । कतिपय भिखारीले पैसा नदिए रिसाएर फोहर कुरामा गाली गर्दै हिंडेको कयौं उदाहरण मेरो आफ्नै पनि छ ।

दृश्य ४– भर्खरकी नवजवान युवती ‘अग शु र फेन्सी ओभरकोट’मा साँझ घर फर्किनुअघि आइसक्रिम च्याप्दै सपिङ गर्छिन् । हरेक दिन उनी आफ्नो काममा जानका लागि आधा बाटो कारमा र बाँकी बाटो बस वा ट्रेनमा यात्रा गर्छिन् । उनको काम सजिलो छैन, तर पनि आरिसे समाजलाई हजम भएन । एकदिन एउटा टिभी रिपोर्टरले उनको काममा शंका गरेर जासुसको काम गर्दै उनको रोजीरोटीको सत्यतथ्य टिभीमा छताछुल्ल पारिदियो । उनको काम थियो– बिहानै घरबाट कारमा निस्कने र आधा बाटोमा कार पार्क गरेर कारभित्रै माग्नेको भेष बदलेर तन्दुरुस्त शरीरलाई कुप्रो पारेर लट्ठी टेकेर शहरको मुख्य चोकमा बसेर माग्ने । अन्ततोगत्वा, उनको काम र असलियतको भिडियो ‘फेक बेगर स्क्याम बस्टेड’ शीर्षक राखेर युट्युबमा लोड भयो । २०औं लाख भ्यूज भए, अझै बढ्दै छ ।

मैले यो आर्टिकल तयार गर्दैगर्दा संसारका सबैजसो शहरमा नक्कली माग्नेहरुको बिगबिगी भएको भिडियोहरु पाएँ । सबै ठूला शहरहरुले वास्तवमै बिपत्तीमा परेकाहरुका लागि आपतकालिक व्यवस्था गरेको हुँदा रहेछन् । हुन त काठमाडौं जस्तो विकासोन्मुख देशको शहरहरुमा वास्तविक भिखारी वा खाते बालबालिका नभएका होइनन् । भएका यस्ता बालबालिकाहरु सुधार केन्द्रमा बस्न लैजान खोज्दा पनि जान नमानेका नभएका पनि होइनन् । यद्यपि, गरिबी र अभावको सवालमा अधिकांश मानिसको मनोभावना कोमल र सहृदयी हुने भएकाले यसै संवेदनशील भावनाको गलत फाइदा उठाएर गरिखान सक्ने अवसर हुँदाहुँदै अल्छी गरी दुव्र्यसनी गर्नका लागि सडकमा मागी बस्नु कदापि आदर्श समाजको परिकल्पनाभित्र पर्दैन ।

ygshdngl@yahoo.com

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा