आँचलको प्रेम–चर्चा

आँचलको प्रेम–चर्चा

नेपाली चलचित्र क्षेत्रमा चुम्बन र बेडसिन नदिने भनेर चर्चा कमाएकी नायिका आँचल शर्माको चर्चा अहिले फेरि नयाँ चलचित्रका कारण शुरु भएको छ । चलचित्र शत्रुगते प्रदर्शनमा आएसँगै नेपाली चलचित्र क्षेत्रमा उनको चर्चा चुलिएको हो । त्यस्तै, अभिनेता पल शाहसँगको प्रेम सम्बन्धको चर्चा पनि उत्तिकै बाक्लिएको छ । तर, उनले पटक–पटक पलसँग प्रेम सम्बन्ध नभएको प्रष्टीकरण दिएकी छन् ।

चलचित्र नाइँ नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले हालै चर्चामा रहेको चलचित्र शत्रुगतेमा अभिनय गरेकी छन् । नियमित जिम जाने आँचलले पछिल्लो समय फिटनेसलाई ध्यान दिन थालेकी छन् । उनले आफूलाई वानपिस पहिरन मन पर्ने बताएकी छन् । आफूलाई आफ्नो आँखा मन पर्ने उनको भनाइ छ । घरमा बस्दा भने आाफू गेममा व्यस्त हुने गरेको उनले बताएकी छन् । केटाहरुले फलो गरेको उनलाई निकै मन पर्छ । अहिले आफू कसैको पनि प्रेमजालमा नफसेको आँचलले बताएकी छन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार