सकर फर किड्स क्याम्पको तयारी

सकर फर किड्स क्याम्पको तयारी
 
बिश्व न्यूज संबाददाता
टेक्सस । 
 अमेरिकाको डलास फोटवर्थ क्षेत्रमा सक्रिय डलास गोर्खाज फुटवल क्लबले सकर फर किड्स अर्थात बच्चाका लागि फुटवल नारा सहीत किड्स समर क्याम्प २०१८ को तयारी अघि बढाएको जनाएको छ । बच्चाहरुको विद्यालयमा लामो विदा हुने समय पारेर क्लबले बर्षेनी सकर फर किड्स नारासहीत समर क्याम्प गर्दै आएको छ । बच्चाहरुलाई  स्वस्थ राख्न र शारिरिक विकासमा समेत खेलकुदले सहयोग पुर्याउने बताउदैं क्लबले गर्ने क्याम्पमा आफ्ना बच्चा पठाउन क्लबका सदस्य विनोद विष्टले सबैंमा अनुरोध गरेका छन् । नेपाली राष्ट्रिय फुटवल टोलीका पुर्व सदस्य, प्रशिक्षक तथा विभिन्न क्लबहरुमार्फत समेत खेलिरहेका खेलाडीहरु डलास गोर्खाजमा रहेका छन् । 
क्लबले आउदो जुन २ देखि अगस्ट १२ सम्म समर क्याम्प गर्ने र त्यसका लागि १ सय प्रवेश शुल्क राखिएको विष्टले जानकारी दिए । क्याम्पमा बच्चालाई अनुभवी प्रशिक्षक तथा खेलाडीवाट  रमाइलो शैलीवाट फुटवल खेलको आधारभुत प्रशिक्षण दिइनुका साथैं राम्रो गर्नेलाई भविष्यमा  संभावनाको ढोका समेत खुलाउन क्लबले भुमिका खेल्ने उनले बताए । 
सन् २००९ मा स्थापित क्लबले विभिन्न प्रतियोगिताको उपाधि समेत जितिसकेको छ । 
 

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा